बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • तिजको नाच हेर्न गएकी किशोरमाथि सामूहिक बलात्कार, तीनजना पक्राउ

तिजको नाच हेर्न गएकी किशोरमाथि सामूहिक बलात्कार, तीनजना पक्राउ

  • शनिबार, भदौ २६, २०७८
तिजको नाच हेर्न गएकी किशोरमाथि सामूहिक बलात्कार, तीनजना पक्राउ

काठमाडौं — किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दाङको बंगलाचुली गाउँपालिकामा तीनजना पक्राउ परेका छन् ।

बंगलाचुली गाउँपालिका–७, बिर्खेका २७ वर्षीय पवन रोका, २७ वर्षीय विनाराम मर्साङी र २० वर्षीय यमबहादुरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बुधबार गाउँमा तिजको नाच हेर्न गएकी ती १७ वर्षीया किशोरी बिहीबार बिहान २ बजेतिर एक्लै एक्लाबरनजिक जंगलको बाटो हुँदै घर फर्किने क्रममा बलात्कृत भएको डीएसपी मुकुन्द्रप्रसाद रिजालले जानकारी दिए। त्यसपछि उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही सुरु गरिएका उनले बताए।

चर्चामा

सम्बन्धित समाचार