शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • बझाङको थलारामन १० दिने आधुनिक मौरी घार निर्माण तालिम सम्पन्न

बझाङको थलारामन १० दिने आधुनिक मौरी घार निर्माण तालिम सम्पन्न

  • शुक्रबार, भदौ २५, २०७८
बझाङको थलारामन १० दिने आधुनिक मौरी घार निर्माण तालिम सम्पन्न

शिवजी मण्डेल/चैनपुर — बझाङ जिल्लाको थलारा गाउँ पालिकामा दस दिने आधुनिक मौरी घार निर्माण तालिम सम्पन्न भएको छ । युएमएन बझाङको सहयोगमा र प्रगतिशील युवासमाज सृजना परियोजनाको आयोजनामा प्रवासबाट फर्किएका युवाहरूलाई लक्ष्यित गरि तालिम दिइएको हो ।उक्त कार्यक्रम दस दिनसम्म चलेको थियो । दस दिन सम्म चलेको उक्त तालिमको थलारा गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायको अध्यक्ष्यतामा र यु एम एन कलष्टर जिविकोपार्जन ब्यबस्थापक रामसरण श्रेष्ठ को प्रमुख आतिथ्यमा शुक्रबार एक कार्यक्रमका बीच सम्पन्न गरिएको सृजना परियोजनाका कार्यक्रम अधिकृत बल बहादुर ओडले बताउनुभयो ।उनका अनुसार तालिममा प्रवासवाट फर्केका ४ जना युवालाई आधुनिक मौरी निर्माण तालिम दिइएको छ । तालिममा सहभागी लाई प्रशिक्षक मनिराम गिरिले प्रशिक्षण दिनु भएको थियोे ।
परमपरागत मुढेघारमा मौरी पालन गर्दै आएका किसानलाई आधुनिक मौरी पालन ब्यवसायमा संलग्न गराउने र गाउँ पालिकामा नै आधुनिक घार उपलब्ध गराउने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको कार्यक्रमका सृजना परियोजना कार्यक्रमका अधिकृत ओडको भनाइ रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार