शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • महिला अधिकारवादीको समाचार सम्प्रेषण गर्दा पत्रकारलाई कुटेपछि…

महिला अधिकारवादीको समाचार सम्प्रेषण गर्दा पत्रकारलाई कुटेपछि…

  • बिहिबार, भदौ २४, २०७८
महिला अधिकारवादीको समाचार सम्प्रेषण गर्दा पत्रकारलाई कुटेपछि…

धनगढी — अफगानिस्तानमा तालिवानले कब्जा जमाएपछि त्यहाँ दैनिक जस्तो महिला अधिकारवादीहरुले आफ्नो हक अधिकार सुनिश्चीत गर्ने प्रदर्शन गरिरहेको छ। उक्त प्रदर्शनलाई लिएर समाचार सम्प्रेषण गर्ने दुई अफगानी प्रत्रकारलाई तालिवानले निर्ममता पूर्वक चार घण्टा कुटेका छन्।

उनीहरुलाई मंगलबार निर्ममता पूर्वक चार घण्टा सम्म यातना भोगका थिए। ताकी दरयाबी र नेमत नाक्दी नाम गरेका दुई पत्रकारले उक्त प्रदर्शनको कभरेज गरेको कारण उनीहरुलाई निर्ममता पूर्वक तालिवानको सुरक्षा फोर्सले कुटेका हुन्। उनीहरुलाई तालिवानले प्रहरी चौकी लगि दुवै जनालाई फरक कारागारमा राखी निर्ममता पूर्वक कुटेका थिए। उनीहरुलाई सेप्टेम्बर ८ मा रिहा गरिएको थियो। उनीहरु अहिले उपचाररत अवस्थामा राखिएका छन्। उनीहरुलाई करिब चार घण्टा कुटिएको र यातना खेपेको उक्त पत्रिकाका सम्पादकले जनाएका छन्।

चर्चामा

सम्बन्धित समाचार