बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाचार
  • ड्यूटीमा खटिएका प्रहरीमाथि हातपात

ड्यूटीमा खटिएका प्रहरीमाथि हातपात

  • बिहिबार, भदौ २४, २०७८
ड्यूटीमा खटिएका प्रहरीमाथि हातपात

काठमाडौं — काठमाडौंको काँडाघारीमा प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा ४ जना पक्राउ परेका छन्। कागेश्वरी मनोहरा नगरपालिका–९ सनसिटीस्थित ड्यूटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा ४ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा होटल सञ्चालिका कास्की पोखरा महानगरपालिका– ७ एयरपोर्ट घर भएकी ४२ वर्षीया रुपा थापामगर लगायत ४ जना रहेका छन्। होटलमा हो–हल्ला भइरहेको भन्ने जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीमाथि मादक पदार्थ सेवन गरी बसेका उनीहरुले प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गरेको आरोप प्रहरीले लगाएको छ।

घटनामा संलग्न भई फरार रहेका कास्कीका २२ वर्षीय रविन थापा मगरको भने खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ।

चर्चामा

सम्बन्धित समाचार