शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • खाल्डोमा पुरिएर कुवेतमा दुई नेपालीको मृत्यु

खाल्डोमा पुरिएर कुवेतमा दुई नेपालीको मृत्यु

  • बिहिबार, भदौ २४, २०७८
खाल्डोमा पुरिएर कुवेतमा दुई नेपालीको मृत्यु

दोहा– कुवेतको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा बालुवा र ग्राभेलको थुप्रोमुनि पुरिएर दुई नेपाली श्रमिकको मृत्यु भएको छ ।

बुधबार साँझ ६ बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल-२ को निर्माण स्थलमा व्यस्त कामदारहरूमाथि बालुवा र ग्राभेलको थुप्रोले पुरिएर दुई नेपालीले ज्यान गुमाएका छन् । अर्का एक नेपालीको उद्धार गरिएको त्यहाँको फायर फोर्स विभागले जनाएको छ ।

कुवेती फायर फोर्सका अनुसार झन्डै चार घण्टादेखि चलेको उद्धारपछि फायर फाइटर टिमले ६ मिटर गहिरो खाल्डोमा परी मृत्यु भएका दुई जनाको शव र एक जनालाई सकुशल उद्धार गरिएको जनाएको छ । घाइते तथा मृतकको परिचय खुलाइएको छैन ।

घटनालगत्तै त्यहाँका सार्वजनिक निर्माण मन्त्री र सूचना तथा संचार राज्यमन्त्री राना अल फारिस घटनास्थल पुगेका थिए ।

गत वर्ष पनि कुवेतको अल मुत्ला क्षेत्रमा निर्माणस्थलमा बालुवाको ढिस्को खस्दा ४ जना नेपाली कामदारको मृत्यु भएको भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार