शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • समाचार
  • पुल नहुदा कुशापानिका बासिन्दा समस्या मा

पुल नहुदा कुशापानिका बासिन्दा समस्या मा

  • शनिबार, भदौ १९, २०७८
पुल नहुदा कुशापानिका बासिन्दा समस्या मा

रमेश बहादुर सिह — बझाङको जयपृथ्वी नगरपालिका वडा न.३,कुशापानी र कुयापानी बिचमा बगिरहेको डुङ्री खोलामा पुल नहुदा कुशापानिका बासिन्दा समस्या परेका छन। यो कुरा बर्षौ बर्ष सङ्घिय माननीय,प्रदेश माननीय र जयपृथ्बी नगरपालिकाका जनप्रतिनिधि हरुलाई भन्दै आएको स्थानिय महेश खड्का ले बताएका थिए तर बेवास्ता गर्दै आएको देखिएको छ।यहाँ का युवा यति खेर सबै आक्रोसित भयका छन। हेक्का रहोस् अन्याय र अत्याचारका विरुद्ध जनता जुरुक्कउठेपछि शासक बर्ग प्रती हुर्किदै गरेको दम्भ,घमण्ड,अहङ्कार र विभेद पुर्ण ब्यबहार को पर्खाल गर्लायाम गुर्लायाम ढल्नेछ सम्झना रहि रहोस् अघि बडेको ” जयपृथ्वी नगरपालिका लगायत बझाङ्ग का सम्पुर्ण माननीय सभासद ज्यु हरुलाई ध्यानाकर्षण गराउन चाहान्छन। कुशापानी र कुयापानी बस्तिमा 20 देखि 25 घरधुरी सङ्ख्यामा बसोबास गर्दै आएको ठाउँ तथा बस्ति हो जयपृथ्वि न. पा-3,कुशापानी र कुयापानी बस्तिमा हाल सम्म न सडक सन्जाल ले जोडिएको छ। न खानेपानीको ब्यबस्था छ न बिजुली बत्तिको ब्यबस्था छ। न स्वस्थ खानेपानी को ब्यवस्था छ। सडक सन्जालको लागि”हेमन्तवाडा-सेलाकाट्टे पिपल बोट हुँदै कुशापानी बस्ति”सम्म 3.5 KM खन्दा सडक पुग्छ।अर्को छोटो सडक”चैनपुर-डुङ्री हुँदै कुशापानी बस्ति” सम्म 2.5 KM मात्र खन्दा सडक कुशापानी बस्तिमा पुग्छ तर जयपृथ्वी नगरपालिकाले अहिले सम्म कुनै ब्यवस्था गरेको छैन । बत्तिको पोल र तार जोडेर कुशापानी बस्तिमा पुगिसकेको छ तर बत्ती अहिले सम्म नछोडेको स्थानियहरुले आरोप लगाएका छन। वारि कुशापानी र पारी कुयापानी जोड्ने झोलुङे पुल नबन्दा यहाँ का स्थानिय बर्षै पिच्छे दुख पाईरहेका छन। स्वच्छ खानेपानीको पनि ब्यबस्था नभएको र खोलाको धमिलो पानी खानु परेको स्थिति छ। तर यहाँ का जनप्रतिनिधि वडा,नगरपालिका,प्रदेश र संघिय माननीय को ध्यानाकर्षण गराउन यहाँ का युवा चाहान्छन। कुशापानी र कुयापानी बस्तिको जनताले जहिले पनि असुविधा र अन्धकारमा बस्नुपर्ने हो भने के जयपृथ्वि न.पा र वडा लाई कर तिरेको छैनौ भनि यहाँ का स्थानिय आक्रोसित भयका छन । यदि कर तिरेको छ भने हामि कुशापानी र कुयापानी बस्तिको जनताले सेवा सुबिधा को महसुस गर्न पाउनु पर्छ।अब हामी कुशापानी र कुयापानी बस्तीका जनताको माग छिटोभन्दा छिटो यहाँ को समस्या सामाधान होस भनि पडेश युवा समाज का अध्यक्ष पवन खड्का ले ध्यानाकर्षण गराउन चाहान्छन।

चर्चामा

सम्बन्धित समाचार