शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • समाचार
  • देउवा सरकारले एमसीसी उपाध्यक्षलाई बोलाएर राष्ट्रघाती सम्झौता गर्दैछ : भीम रावल

देउवा सरकारले एमसीसी उपाध्यक्षलाई बोलाएर राष्ट्रघाती सम्झौता गर्दैछ : भीम रावल

  • शुक्रबार, भदौ १८, २०७८
देउवा सरकारले एमसीसी उपाध्यक्षलाई बोलाएर राष्ट्रघाती सम्झौता गर्दैछ : भीम रावल

एमाले उपाध्यक्ष भीम रावलले शेरबहादुर देउवाले एमसीसी अघि बढाउन खोजेको आरोप लगाएका छन् । एमसीसी उपाध्यक्षलाई नेपाल बोलाएर देउवाले राष्ट्रघाती सम्झौता गर्न खोजेको रावलको आरोप छ ।
सुरुदेखि नै एमसीसीको चर्को विरोध गर्दै आएका रावलले शुक्रबार ट्वीटरमार्फत अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र भइरहेको बताएका हुन्

‘नेपालमा द्वन्द्व पछिअस्थिर राजनीतिक स्थितिमा एमससी सम्झौताको चाँजो मिलाइयो फेरी अहिले अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र हुदैछ’, रावलले भनेक छन्, ‘सरकार जनअनुमोदित होइन । देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश सरकारलाई प्राप्त छैन।’

एमसीसीकी उपाध्यक्ष फातेमा जे सुमर अर्को साता नेपाल आउने तय भएको छ । उनको साथमा अर्का सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि नेपाल आउने छन् ।

चर्चामा

सम्बन्धित समाचार