शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • समाचार
  • पोखरामा फिर्के पुलबाट जिप खोलामा खस्यो

पोखरामा फिर्के पुलबाट जिप खोलामा खस्यो

  • आइतवार, भदौ १३, २०७८
पोखरामा फिर्के पुलबाट जिप खोलामा खस्यो

पोखरा — पोखरामा फिर्के पुलबाट स्कार्पियो जिप खोलामा खसेको छ । पोखराको बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बेलायती दुतावास पोखराको ६०–०–४६७ नं को गाडी आज राति २ बजे अनियन्त्रित भइ फिर्के पुलबाट खसेको हो ।

बागलुङ बसपार्कबाट पर्स्याङ जिरो किलोमिटरतर्फ जाँदै गरेको जीप मध्यरातमा पुलको मुखमा गाडेको स्ट्याण्ड बोर्डलाई ढालेर खोलामा खसेको स्थानीयले बताएका छन् ।

गाडी पुलबाट अन्दाजी १० मिटर तल खोल्सामा खस्दा जिपमा भेटिएका चालक पोखरा –१६ बस्ने २९ वर्षीय विजय घले र गाडीमा सवार उनकी श्रीमती २८ वर्षीय दुर्गा गुरुङलाई आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता सुवास हमालले जानकारी दिए ।

घटनाको जानकारी लगत्तै वडा प्रहरी कार्यालय बगरबाट प्रहरी सहायक निरिक्षक सुनिल थापाको कमाण्डमा खटिएको प्रहरीको टोलीले गाडी चालक र महिलालाई उद्धार गरेर आफन्तको जिम्मामा पठाएको थियो ।

पोखरा महानगरपालिका वडा नं ४ र ५ को सिमानामा पर्ने उक्त पुल फराकिलो सडकमा साँघुरो भएका कारण बारम्बार दुर्घटना हुने गरेको छ । चाक्लो हाइवेको बीचमा साँघुरो पुल भएकाले बारम्बार यस्ता घटनाहरु भइरहने स्थानीयहरु बताउँछन् ।

उक्त स्थानमा दुर्घटना हुन नदिन पुल वरपर इन्डिकेटरका ट्राफिक डिभाइसहरु राख्नुपर्ने स्थानीयले माग गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार