शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • समाचार
  • बझाङमा टेलिफोन सेवा अवरुद्ध , थलारामा निर्माणाधीन नेपाल टेलिकमको टावर दसैं अगाबै सञ्चालनमा आउने ।

बझाङमा टेलिफोन सेवा अवरुद्ध , थलारामा निर्माणाधीन नेपाल टेलिकमको टावर दसैं अगाबै सञ्चालनमा आउने ।

  • शनिबार, भदौ १२, २०७८
बझाङमा टेलिफोन सेवा अवरुद्ध , थलारामा निर्माणाधीन नेपाल टेलिकमको टावर दसैं अगाबै सञ्चालनमा आउने ।

शिवजी मण्डेल/बझाङ — लगातारको वर्षका कारण बझाङमा टेलिफोन सेवा अवरुद्ध भएको छ ।
असार महिना सुरु भएदेखि टेलिफोन सेवा अवरुद्घ भएको हो ।
सोलार प्यानलबाट चार्ज हुने नेपाल टेलिकमका टावरहरूमा बर्खायाम सुरुभएयता घाम नलाग्ने भएकोले चार्ज नहुँदा उक्त समस्या आएको हो।
जिल्लाका विभिन्न ठाउँका स्थानीयहरूले इन्टरनेट सेवाको कुरा त कहाँ हो कहाँ हामीले अति आवश्यक काम परेको बेलामा खबर आदानप्रदान गर्नलाई फोन समेत गर्न नपाएको गुनासो गरेका छन् ।

यसरी लामो समयसम्म टेलिफोन सेवा अवरुद्ध हुँदा नेपाली दाजुभाइ आमाबुबा परदेशमा गएका छन् उनीहरूको हालखबर के कस्तो छ भनी कुराकानी र सोधपुछ गर्न नपाएको छबिस पाथिभेरा गाउँपालिका ७ नौराका इन्द्र धामीले बताए ।
त्यस्तै थलारा गाउँपालिकामा निकै टेलिफोन सेवाको समस्या रहिआएको छ । मौसम सफा भएमात्र अलिअलि फोन गर्नसम्मको टावर आउने र मौसममा अलिकति पनि खराबी आए टावर आउनै छोड्ने गरेको स्थानीय शेरबहादुर रोकायाले बताए ।
थलारा गाउँपालिका ७ माडौँकाट्नेमा निर्माण भइरहेको नेपाल टेलिकमको 4G, टावर भने एक वर्ष बितिसक्दा पनि सञ्चालनमा नआएको स्थानीयको गुनासो रहेको छ ।
पोहोर सालकै दसैं तिहारमा सञ्चालनमा आउँछ भनेतापनि अहिलेसम्म सञ्चालनमा नआउँदा अब कहिले टावर सञ्चालनमा आउँछ भन्ने स्थानीय जनताको प्रश्न पनि रहेको छ । वर्षौंदेखि टेलिफोन सेवाको समस्या भोक्दै आएका स्थानीयहरू आफ्नो ठाउँमा नेपाल टेलिकमको 4G टावर बन्ने थालेपछि निकै हर्षित भएका थिए । अहिलेसम्म टावर सञ्चालनमा नआउनु सरकारवालाहरूको कमजोरी भएको पनि उनीहरू बताउने गरेका छन् ।
यसबारेमा नेपाल टेलिकमबाट टावर निर्माण देखि चलाउन जिम्मा पाएका सिसिएसआइ (ccsi) का क्षेत्रीय म्यानेजर ओम महरा सँग सोधपुछ गर्दा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण भनेकै समयमा सञ्चालनमा ल्याउन नसकेको बताए ।
कोरोना भाइरसले विश्वका अधिकांश देशहरूमा लकडान भएकोले सामानहरू बिदेशबाट ल्याउन पर्ने भएकाले ढिलाइ भएको उनले बताएका छन् ।
अहिले सामान नेपालमा आइपुगे पनि फेरि बर्खाको समय भएकोले जताततै सडक अवरुद्ध छन् । त्यसकारणले समान टावरसम्म पुर्‍याउन नसकिने अवस्था भएको छ । सडक खुल्ने बितिकै समान ल्याएर जडान गरिने र दसैंसम्म 4G टावर सञ्चालनमा आउने नेपाल टेलिकमबाट जिम्मा पाएका (ccsi ) का क्षेत्रीय म्यानेजर महराले बताउनुभयो ।
यसअघिनै टावर निर्माण र 4G सञ्चालनका लागि दोगाडे बयस खोला लघु जलविद्युत सँग सम्झौता भइसकेको छ ।

त्यस्तै यता बझाङका नेपाल टेलिकमका निम्ति कार्यलय प्रमुख बम बहादुर सिंहका अनुसार बझाङमा जम्मा १९ वटा नेपाल टेलिकमका टावरबाट सेवा प्रवाह भइरहेको छ । बुङ्गल नगरपालिका र थलारा गाउँपालिकामा एकएक गरि २ वटा टावर निर्माणाधीन अवस्थामा रहेका छन् ।

अहिले जिल्लामा ३ वटा टावरमा मात्रै विद्युत जडान गरिएको र बाँकी १६ वटा टावर सोलारबाट सञ्चालनमा आएका छन् । मौसममा खराबी आइ घाम नलाग्नेभएको र सोलारले चार्ज लिन नपाएपछि अहिले जिल्लामा टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकमका नि प्रमुख सिंहले बताए ।
उनले भने घाम नलागेसम्म यो समस्या समाधान हुन नसक्ने र हामी छिटोभन्दा सबै टावरहरूमा विद्युत लाइन जडान गर्ने प्रयासमा रहेका छौँ ।

चर्चामा

सम्बन्धित समाचार