बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाचार
  • घरमाथिबाट पहिरो खस्दा दुई जना घाइते

घरमाथिबाट पहिरो खस्दा दुई जना घाइते

  • शुक्रबार, भदौ ११, २०७८
घरमाथिबाट पहिरो खस्दा दुई जना घाइते

धनगढी — कैलालीमा घरमाथि पहिरो खस्दा दुई जना घाइते भएका छन्। अविरल वर्षाका कारण गएराति ८ बजेतिरको समयमा जिल्लाको लम्कीचुहा नगरपालिका -३ बल्चौरका गोपाल चौधरीको घरमाथि पहिरो खसेको हो।

पहिरोले घरमा क्षति पुगेको बताइएको छ। घरभित्र बसिरहेका ७५ वर्षीय गोपाल र उनकी श्रीमती ७२ वर्षीया गौरी चौधरी घाइते भएका र उनीहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

चर्चामा

सम्बन्धित समाचार