मङ्लबार, जेष्ठ १, २०८१

बाँच्ने कला!

  • शुक्रबार, साउन १५, २०७८
बाँच्ने कला!

सुरेशकुमार पान्डे —  मानिश जन्मिएपछि बाँचेकै हुन्छन तर बाँच्ने बाटाहरु मुख्य दुईवटा हुन्छन।पहिलो बाँच्ने कलाहो बर्तमान समाजमा जे जस्तोछ त्यसैमा रम्ने।आर्को बाँच्ने कलाहो यो समाजमा आफुलाई चित्त नबुझेका कृर्याकलाप सँग बिद्रोह गरेर बाँच्ने।सवाल आफुलाई चित्त नबुझेको मात्रैहोईन बहुसंख्याको हितमा उठाउँने आवाज लाई बुझ्नुपर्छ।
यो चराचर जगतमा धेरैजसो मानिसहरुले बिद्रोह गरेर समाजलाई परिवर्तन गर्दै गलतलाई फ्याँक्दै सहिलाई अगाल्दै आएकाले पनि समाजिक र प्राकृतिक जगतमा बिकाश भयकोछ।समाजमा रहेका तमाम गलत संस्कार लाई मिल्काउँन बेलाबखतमा मानिशले बिद्रोहको बाटो अप्नाएकाछन।समाज र प्राकृतिक सँग लगातार शंर्घष गर्दै आएकोले अहिले दुनियाले आकास पत्तालको चिरफार गर्दै आएकोछ।यो वैज्ञानिक पद्धत्तिहो।विज्ञानले बस्तुलाई पहिलो ठान्दछ त्यो बस्तुको लगातार अध्यायन गरेर तिखारेर अनि प्रयोगमा लिने लाएक बनाईदिन्छ।त्यो पनि प्राकृतिक समाज सँग गरेको एउटा बिद्रोहनै हो।समाजमा रहेको गलत प्रकारको नियम परमपराको बिरोध गर्नु बिद्रोहहो।तर त्यो बिद्रोहले बिनाश होईन बिकाश गर्नुपर्छ।मानिदेउँ दलितहरुलाई समाजमा असमानताछ उधारणका लागि उनिहरुलाई मन्द्रिरमा प्रवेश गर्न रोक लगाईन्छ।यो ब्यबहार देखे पछि दुई भाई मध्य एकजनाले यो समाजिक ब्यबहारलाई गलत ठान्छ र त्यसको बिरोध गर्ने योजना बनाउँछ आर्कोले यसलाई सामाजिक नियम र परमपरा ठानेर सहर्ष स्विकार गर्छ।आ-आफ्नो ठाउँमा दुबै ठिक देखिन्छन तर समय अनुसार मुल्याङ्कन गर्दा दुबैको भिन्न कार्यक्षेत्रको प्रतिनिधित्व गरेकाछन।
अब यिनै दुईजना दलितहरु भर्खर सम्म दुईभाई थिए तर अहिले एक्ला एक्लै भए।एउटा परमपराले एउटै शन्तानका दुई भाईलाई छुट्टाईदिन्छ।पहिलो ब्याक्तिले यो दलित माथिको अत्याचर ठान्दछ र समाज सँग बिद्रोहको लागि अगाडि बढ्छ त्यसले जीवनभरी शंघर्ष को बाटो अप्नाउँछ।अर्कोले त्यसलाई चुपचाप सहन्छ।उस्लाई शंघर्ष गर्नु पर्दैन तर त्यो पुस्तौँ पुस्ता सम्म जातिय बिभेदमा दबिएर कुल्चिएर बाँचिरहेको त्यहि परमपरालाईनै जोगाउँछ जस्ले स्वाम आफ्नो फाईदा गर्दैन त्यसैको हिफाजत गर्न त सक्ला।यध्यापि त्यसैले पनि मन पराएको हुँदैन।बिद्रोह गर्नेले कम्तिमा हिम्मत राख्यो र समाज परिवर्तनका लागि आधार तैयार पाय्रो।पछि आउँने पिडिले उसैको पाईला पक्ष्याउँदै एकदिन समाजले दलितको अगाडि घुडा टेक्छ।बिद्रोहको त्यहि बाटो ति दुई भाईले रोजेको भए छिट्टै समानता हुँनेथियो।यो सबै उत्पिडितहरुमा लागु हुने बिषयहो।
यो समाजमा थुप्रै मानिश हरु यहि समाजिक जगमा खुसिभएर बाँचेका पनि थुप्रो हुन्छन तर तिनिहरुले समाजिक बिचारलाई बदल्दैनन् र त्यहि गलत प्रमपरा र दाएराभित्र सिम्टिन्छन।त्यो मानवता बादि चिन्तन होईन त्यो दासताहो।मानवताबादी चिन्तन भएकाले सदैभरी गलत बाटोको बिरुद्ध सहिबाटोको समर्थनमा अगाडि बढ्छन।
देशभित्र बिभिन्न प्रकारका जाति र धर्मावलम्बिहरु हुन्छन त्यो राम्रो पक्षहो जाति धर्म आ-आफ्नै परमपरा होला त्यो सामाजिक प्रचलनलाई ठिक बेठिक लाई बुझेर बेठिक लाई हटाउँन प्रयास गर्नुपर्छ।जाति धर्म हुनुपर्छ भन्दा यो कुरालाई पनि स्विकारगर्नुपर्छ जायिय आधारमा कुनैपनि मानिशलाई अपमान र अपहेलित गर्नु हुँदैन।यदि त्यसो गर्छभने त्यसको बिरुद्धमा उभिनैपर्छ।अहिले त्यसको लागि नेपालमा पनि कानून् बनेकोछ।तर समाजिक बिभेदलाई खतम पार्न सामाजिक चेतना जगाउँनु पर्छ।
जातिय बिभेद शान्तिपुर्वक अनत्य हुनसक्छ यो एकप्रकारको सामाजिक क्रान्तिनैहो।समाजभित्र रहेका तमाम जातिहरुलाई समानता दिनुपर्छ।हाम्रो मुख्य दुश्मन भनेको हाम्रो भित्र लुकेर बसेको डर हो।हामिलाई डरले कम्जोर बनाएको हुन्छ,तर डराउँनु पनि पर्छ।
अब भन्नुश किन आफुलाई कम्जोर बनाउँने डर सँग डराउँने?
हामि गलत काम सँग डराउँनै पर्छ त्यो गलतकाम हामिबाट भयो भनि समाजले के भन्ला?भनेर सचेत हुनुपर्छ।समाजमा नाङ्गो हिंड्दा लाज स्रम हुन्छ त्यसका लागि हामि डराउँनुपर्छ।आर्कालाई बिभिद र अपमान गर्दा पनि डराउँनैपर्छ।नेक़ काम गर्नको लागि भने डराउँनु हुँदैन।आफुमा भएको अत्याचारको बिरोध गरेनौ भने अत्याचारिको हिम्मत बढ्छ र त्यसले फेरी पनि अत्याचार गर्छ।त्यसकारणले त्यो हत्याचारीको खिलाफ लड्न आवाज उठाउँन डराउँनु हुँदैन।कसैलाई नराम्रो बचन भने लगाउँन त डराउँनै पर्छ।
मानिश संसारभरीमा सबै भन्दा चेतनसिल प्राणि मध्यकोहो।राम्रो नराम्रो यस्ले केलाएर छानेर त्यसलाई फिल्टर गरेर अगाडि बढ्नु पर्छ।मानिसले आफु बाँच्ने कला जानिन भनि उस्को कुनै उदेश्यछैन भने त्यसमा र सामन्या पुसुमा खासै अन्तर हुँदैन। मानिश भएपछि गलत बिचारधाराको खण्डन गरेर जानुपर्छ।सहिबिचारलाई छाड्नु हुँदैन।बाँच्न त जन्मिएका जति सबै जीव जन्तुहरु बाँचेकै हुन्छन तर पनि मानिश भैसकेपछि राम्रो नराम्रो छुट्टाएर बाच्न सक्नु पर्छ।
अहिले मानिसहरुले पढे लेखेका छन बुद्धिजीवीहररु बनेकाछन तर एउटा कुरा के भने उनिहरुले के पढ्ने त्यो जान्न अंझै बाँकिछ।अहिले हामिले त्यो बिषयलाई बुझिम भने हामि भबिष्यमा भौतिकवाद तर्फ लम्किनेछौँ।हाम्रो देशमा अहिले पनि रुढीवादी दलदल भित्र भएपनि भौतिकवादको शुन्दर भबिश्य देखिन्छ।यसलाई लगातार अध्यायन गर्ने र भौतिकवादको बिकाशका लागि आध्यात्मकवाद लाई छाडेर अंघि बढ्नुपर्छ।त्यसैले मैले तमाम युवा जगतलाई अब बाँच्ने कलालाई सिक्न आवहान गर्दछुँ।

चर्चामा

सम्बन्धित समाचार