शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • लेनदेन मुद्दामा दोषी ठहर भई फरार भएका दुई महिला पक्राउ

लेनदेन मुद्दामा दोषी ठहर भई फरार भएका दुई महिला पक्राउ

  • बुधबार, साउन १३, २०७८
लेनदेन मुद्दामा दोषी ठहर भई फरार भएका दुई महिला पक्राउ

जनकपुरधाम — लेनदेन मुद्दामा दोषी ठहर भई फरार भएका दुई जना महिलालाई प्रहरीले सिरहाबाट पक्राउ गरेको छ।

सिरहा नगरपालिका–७ का ५५ वर्षीया किसतावरी सदा र ४५ वर्षीया सम्पो सदालाई उनीहरुकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

लेनदेन मुद्दामा दोषी ठहर गर्दै सिरहा जिल्ला अदालतले उनीहरुलाई एक वर्ष कैद सजायको फैसला सुनाएको थियो। पक्राउ परेको दुवै महिलालाई फैसला कार्यान्वयनका लागि अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार