बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कथा– प्रेम गौरी–२

कथा– प्रेम गौरी–२

  • मङ्लबार, साउन १२, २०७८
कथा– प्रेम गौरी–२

गौरी ज्यानमारा धरहरा त तिन अर्ब अठचालिस करोडमा जुरुक्कै उठीसक्यो । पहिलको भन्दा ठुलो भएर । सायद यतिबेला माथिबाट हेर्दै हौली धरहराको नौलो स्वरुप । म पनि त हेर्दै छु माथी आकाशबाटै । कति खुशी छन् ती शहरीयाहरु लामो समयापछि धरहरा ठिंग्रिङ्ग उभिएको देख्दा । तर दुरदराजका गाउँबस्ती भने रेडीयोमा कान लगाएर सुन्दै छन् । यो कुनै नौलो घटना भने होइन । धरहरा त उठ्यो तर खै भुकुम्पले क्षतविक्षेत गाउँबस्तीको हालत उस्तै नाजुक देखिरहेकै छौँ । विचरा ती जनताहरू पालमुनी बस्न विवश छन् अझै । तिमी र मैले यो आकाशबाट टुलुटुलु हेर्नु बाहेक केही छैन ।
हेरन म यो शन्देश हावामै भएपनि तिमीलाई पठाउदै छु । मेरो आत्मा अहिले पनि भड्कि रहेको छ तिम्रै याद र सम्झनामा । मेले त सुनेको थिए एकअर्कालाई औधी मायाप्रेम गर्नेहरूको माथि पनि सहजै भेट हुन्छ भन्थे । खै त हाम्रो त भेटै भएन । सुनन ए ! गौरी कहाँ छौ तिमी ? म तिमीलाई खोज्दै तिम्रै लोकमा आएको छु । तिम्रै खातिर मलाई जन्म दिने, हुर्काउने आमाबाबाका कैयौँ मिठा सपना निमोठेँ । वहाँलाई निसन्तान बनाएर यतैको यात्रा तय गरेँ । इष्टमित्र, आफन्त र साथीभाइ त्यागे केवल तिम्रै निम्ति ।
पृथ्वीमा हुँदा भन्थ्यौ नी ! हजुर विना एक पलपनि म जिउन त के सोच्न पनि सक्दिन भनेर । खै त आज कहाँ हरायौ ? कि तिमी पनि भुकुम्पमा परेका तमाम नेपाली दाजुभाइसँगै छौ ? त्यतै छौ भने मलाई सम्झिएर तिमी आफ्नो आत्मालाई नभड्काऊ है ? बरु मै तड्पियौँला । तिमीलाई खोज्दै छु । एक पटक पक्कै भेट हुनेछ । म गलेको छैन । खोज्दाखोज्दै तिमीलाई भेटीन भने मैले पृथ्वीमा हामीले जस्तै चोखो मायाप्रेम गर्नेहरूलाई खबर गर्नै पर्छ कि जस्तोसुकै मूल्य चुकाएर एकअर्काले प्रेम गरेपनि प्रेमको नाटकमा आत्म हत्या नगर्नु । अनुपम उपहाररुपी सुनौलो जिन्दगी खेर नफाल्नु भनेर ।
म यहाँ कसरी आइपुगे थोरै जानकारी गर्न चाहान्छु तिमीलाई । मलाई विश्वास छ यो पत्र पक्कै तिमी पढ्न पाउने छौ र मपनि यही लोकमा भएको जानकारी पाए निकै खुशी हुनेछौ । म वनेपाबाट काम सकेर फर्किदै थिए । भक्तपुर पुग्न लाग्दा संसार हल्लियो । बाइकबाट मपनि झण्डै लडिन । एक्कैछिनमा भ्याली धुवाँ र धुलोले छपक्कै ढाक्यो । जताततै कुहिरीमण्डल देखियो जस्तो कि होलीमा रगं उडाए झैँ । एक छिन त सुनसानले छायो । जब म होसमा आँए र बल्ल थाहा पाँए भुइँचालो पो गएछ । आज भुइँचालोले होली मनायो । पृथ्वीलाई दुःख दिएर । तमाम सजिवहरूलाई रुवाएर । उत्सव मनायो भुइँचालोले । त्यती बेला मेरो नजरमामा तिम्रै तस्वीर नाचिरह्ययो । म एकोहोरीए । जब भ्याली प्रवेश गरे रोड पुरै तहसनहस । गगनचुम्वि महल गल्र्याङ्गगुर्लुङ्ग भएका । जताततै कारुणीक कोलाहलसँगै यत्रतत्र वेवारीसे लास र घाइतेहरू बस् यो भन्दाबढी शब्दै फुटेन मेरो…., ए ! गौरी… जब म कोठामा पुगेँ हाम्रो कोठा भएको घरपनि भत्किए छ । आफुले आफुलाई सम्हाल्नै सकिन । कति रोए भनि साध्य छैन । हामीबस्ने घरबाट लासहरू धेरै निस्किए तर, तिमी आएनौ । मैले केही सोच्नै सकिन आँखामा पुरै अन्धकारले छायो । यस्तो लाग्यो म सिधै बल्याक होलमा भासिएँ ।
सम्झाए धेरैले, मेरो मनले मान्दै मानेन । “आज शनिबारको दिन धरहरा घुम्न जाउन..” जब बिहानको कुरा सम्झे म एकोहोरो दौडीए सुनधारा तिर । स्वाँस्वाँ फ्याँफ्याँ गार्दै सुनधाराको धरहराको छेउमा पुगेँ । विचरा धरहरापनि ढलिसकेछ । त्यहाँपनि लास निकालिदै थिए । भिजेका आँखाले लासको थुप्रोमा हेरे । तिमीलाई अनुहारमा हेर्दा चिन्नै गाह्रो भयो जब त्यो औँलाको आँैठीले मलाई चिन्ने मौका दियो । आज आएर थाहा भयो उपहारको अर्थ । जुन उपहारले पुनः भेट भयो । रुँदारुदै मेरा आँखाको पानी सुकिसक्यो । ट्याक्टरमा लासको थुप्रोसँगै तिमीलाई पशुपती आर्यघाटमा पुगाएर अन्तिम दाहसस्कार गरेर तिम्रो अस्तु झोलामा हालेर सदाको लागि काठमाडौँ भ्याली छोडेर बाजुरा आएँ । तिमी विना त्यो भ्याली मलाई पटक्कै मन परेन । बरु रिस उठेर आयो यो काठमाडौँसँग जसले मेरो मायाप्रेम खास्यो, मेरो जिन्दगी लुट्यो ।
ए लाटी ! मेरी प्यारी गौरी ! म घर त आएँ तैपनि वेचैन वनिरहेँ, तड्पिरहे मात्र मेरी गौरी सम्झिएर । म त जिउँदो लास पो भइसकेछु । आमाबा निकै हैरान हुनुभयो मेरो यो हाल देखेर । म दुब्लाउँदै गएँ । विग्रीदै गएँ । मैले जिउने रहर त उतै काठमाडौँ मै मारीसकेको थिए । अब एक पटक आमाबा र आफु जन्मिएको ठाउँलाई स्पर्स गर्न मनलागेर बाजुरा पुगे । साउनको महिना बडिमालिकामा मेला लाग्ने याम बडिमालिका मातालाई पुज्ने याम । गाउँबाट धेरै टाढा तिन दिनको बाटो हिडेर बडिमालिका नजिकैको अर्को धार्मीक तथा पर्यटकीय स्थल त्रिवेणीमा पुगेर तिम्रो अस्तु विर्सजन गरेँ । घरबाट आमाबासँग बिदा माग्दा म निकै रोएको थिए किनकि म अब नफकिर्नेगरी घरबाट बिदा भएको थिए । मनमा पिर त थियो । उकालो र पाटनको बाटो हिड्दा म लेक (सास फुलेर) लागेर मर्छु । मैले जिते गौरी मैले जिते । बटोमा हिड्दा कुनै अप्ठ्यारो भएन सायद तिम्रो अस्तुले मलाई सहास थपेको थियो । अन्तिम क्षण पित्तलको कसौँडीबाट अस्तु झिकेर विधिवतरुपमा त्रिवेणीको पवित्र जलमा अस्तु राखे । पानीले विस्तारै बगाउँदै लग्यो । त्यो दृश्य खुब घोल्तिएर हेरीरहेँ । जब अस्तु यी नजरबाट विलय भयो म त त्यँही ढलेँ । बाहुन बाजेले पानी ख्वाए । त्योे पानी मुखमै ढुङ्गा बनेर मुखमै अड्कियो । अनि मैले तिम्रो नाम लिदै पृथ्वी छोडेर सदाका लागी विदा भएँ । प्यारी गौरी यही हो मेरो मरण केवल तिम्रै निम्ति मरे म ।
।अस्तु।

चर्चामा

सम्बन्धित समाचार