बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • कसैले पनि क्रान्तिको गफ नगरे हुन्छ।

कसैले पनि क्रान्तिको गफ नगरे हुन्छ।

  • सोमवार, साउन ११, २०७८
कसैले पनि क्रान्तिको गफ नगरे हुन्छ।

सुरेशकुमार पान्डे — देशभित्र क्रान्तिकारी आन्दोलनको खांचो आमूल परिवर्तन नहुँदा सम्म रहिरहन्छ त्यो छुट्टै बिषयहो।अहिले देशको अबस्था जुन रुपमाछ यो अबस्थामा बन्दुक पड्काउँने गफ लगाउँछ कसैले भने त्यो गलत हुन्छ।न त अहिलेको अबस्थामा देशमा ससश्त्र संघर्ष सफल हुँन सक्छ न अहिले त्यसको अबस्थाछ। त्यो धेरै परको कुरा भैसक्यो।
देशभित्र क्रान्तिको बस्तुगत अबस्था भएपनि यस्का अनेक जटिलताहरुछन।जस्मा प्रथम समस्या छिमेकीहो भोगौलिक रुपमा हाम्रो देश दुई शक्तिशालि देशहरुको माझमा अबस्थितछ।यो दुबै हाम्रो देशको लागि गुरुत्वकार्शणको काम गरेकाछन भन्न मिल्छ।भारत र चीनको आपसि तनातनी र बिचमा रहेको हाम्रो देश कम्ति संबेदनशिल अबस्थामा छैन।
जहिले पनि साम्राज्यावादीहरु लाई आकारमण गर्ने बहाना चाहिएको हुन्छ।
हाम्रो थोरै गलत राजनीतिक बच्कानापनले उस्लाई बहाना आकारमण गर्ने मिल्नेछ शान्ति सेना पठाएर आतङ्कारिलाई तह लगाउँने बहानामा हाम्रो शन्तानलाई भुट्न बेर लगाउँनेछैन।यहबारेमा कयौँ पल्ट छर्लङ्गैभैसकेकोछ।
देशमा जति पल्ट गृहयुध्द चलेको हुन्छ छिमेकिले त्यहि बहानामा देशभित्र घुस्ने चलखेल गर्ने योजनाहरु बनाएको हुन्छ।यस्तो धेरै पहिले देखुन हुँदै आयो।देशमा बढि चलखेल माओवादी हरुको कथित जनयुद्ध ताक भयो खुल्लम खुल्ला देशलाई आफ्नो अधिनस्त राख्ने योजनाहरु बन्दै आए।बरु २०४६सालको आन्दोलन ताक शान्ति सेना पठाउँछ भनेको त्यो बेलाका राजाले मानेन् र त्यो बेला घटना टल्यो।
माओवादीहरुले त्यो बेला बाह्र बुँदे समझ्दारी हुँदा बुँदा न तिनलाई टेकेर भारतिय रोहबरमा सम्बिधान बनाउँने शड्यन्त्रनै थियो।जनताले त्यसको बिरोध गरेपनि अन्तरराष्ट्रीय भरपर्दो संस्थाको निगरानि लाई पास गरेर देशभित्र बिदेशिहरुको हश्तक्षेपको ढोका खोलेका थिए।
माओवादी जनयुद्ध क्रान्तिकारी बिचारधाराले लैस थिएन तर जो युवाहरुलाई मराए उनिहरु मध्य धेरै क्रान्तिकारी बिचारले लेश थिए।उनिहरुलाई गाईड गर्नेहरु अवसरबाद थिए भन्नेकुरा अहिले दिनको घामजस्तै भएकोछ।तर हामिले त्यो बेलामानै भनेका थियौँ माओवादीको जनयुद्ध उग्रबामपन्थि भड्कावहो त्यसले देशलाई गलत दिशा तिर डोराउँनेछ।आखिर त्यहि भयो देशलाई बर्गिय आन्दोलनको बाटो बाट जातिय आन्दोलन तर्फ डोराए।
अहिले उनै बाबुराम भट्टराई र पुष्पकमल दहाल हुन देशलाई संघियतामा डोराएर बिखण्डन गर्ने।अँझ जनताको सजगताले देशलाई जातिय संघियता तर्फ जानबाट रोक्यो।यदि जातिय संघियतामा देश गएको भए के हुँनेथियो?अहिले सम्म गृहयुद्ध जातिय लडाई ले देश खतम हुनेथ्यो धन्य त्यो जातिय संघियता लाई पाखा लगाउँन सकियो।
अहिले ति नेताहरुको अबस्था कस्तोछ कसैले प्रधान मन्त्री खाएर जनता पार्टी बनाएकाछन,कोई बहुदलिए जनवादनै आफ्नो माझिएको र खारिएको बताउँछन।उनिहरुको बिचारमा मदन भन्डारीले भने जस्तै बहुदलिए जनवादनै नयाँजनवादहो अब उन्ले गर्ने समाजवादी क्रान्तिहो।यद्द्यापी देश अहिले पनि अर्ध सामन्ति र अर्ध ओपनेबेशिक अबस्था बाट निस्किन सकेकोछैन।यसरी यिनि नेताहरुले झुठको खेति गरेर जनतामा भ्रम छरेर सत्तासिन हुन चाहन्छन।
हामिले देशलाई आत्मनिर्भर बनाएर आफ्ना खुट्टाले उभिने गराउँने खांचोछ।अहिले देशमा उत्पादनछैनदेशले सियो बाट सिरक सम्म आयात गर्छ।देशमा साधन श्रोत नभएको होईन तर त्यो कांचो बस्तुलाई तैयार पार्ने नियत छैन।परिणाम काँचो समान लिएर रद्धिको भाउमा त्यो तैयार पारेपछि त्यहिचिजलाई ठुलो मुल्य चुकाएर खरिद गर्नुपर्छ।यदी देशमा एउटा सहरमा राम्रो कारखाना हुन्थ्यो भने त्यो ठाउँका नागरिकहरुले रोजगारपनि पाउँथे देशमा बस्तुनिर्माण पनि हुनेथ्यो।उनै नेपाली जनताले आफ्नै देशको बस्तुलाई बिदेशमा सपारेर तिखारेर त्यो चिजलाई उनैले महंगो भाउमा किन्नुपर्छ।देशको ठुलो धनरासि फिजुल खर्चमा सकिन्छ तर एउटा कारखाना बनाउन सकिदैन।त्यो नसकेको होईन बिदेशी ईसारामा नगरेको हो।किन भने हाम्रो देशमा जहिलेपनि बिदेशको दलालीगरेर रमाउँनेहरुको राज हुँदैआयो।
देशमा कुनै सम्झौता गर्नलाई तछाड मछाड गर्छन तर उद्दोग लगाउँनलाई मौन हुन्छन।
अहिले देशमा कोरोना महामारिबाट अँझैपनि मुक्ति मिलेकोछैन संसारले दोस्रो पल्ट खोफ लगाएर सिधाए।हाम्रो देशमा पहिलो चरणको डोज अँझैपनि पुगेकोछै।अब त्यहि चुनावी मुद्धा हुनेछ।
आफुलाई समर्थन गरेको नेतालाई उपचार खर्च भनेर एक करोड अरु थप्छु भन्ने षप्रधान मन्त्रिको मिडियामा समाचार आएकोछ।जनतालाई एउटा खोफको लागि बिहान देखि लाईन लागेर खोफ नलगाईकिन फिर्ता जानुपर्छ त्यो देशका नेताहरु करडौ खर्च गरेर बिदेशमा उपचार गर्छन।जस्ले पनि देशको सत्तालाई स्यार्ह्यो उसले आफुलाई देशको तानासाह साशक सम्झिनथाल्छ किन?यो देशमा गणतन्त्र आएपछि त सबै नागरिक समान हुँनुपर्ने होईनर?अंझैपनि त्यो राणाकालिन ब्यबस्था जिउँदैछ?वा आफुलाई उनैका बन्धुभाई सम्झिन्छन नेताहरुले।
कुनै उपाए लाईन भने सत्ता बाहिर बसेकाले बिभिन्न दाउँ पेच लगाएर सत्तामा बसेकालाई उन्का खुट्टा तान्छन।आफुलाई क्रान्तिकारी भनेर जनतामा साथ सहयोग माग्न जान्छन।चर्का र अतिरञ्जित क्रान्तिकारीहरु नारा लगाएर जनताको आंखामा छारो हाल्न सबै सिपालुछन।
अनि मेरोदेशका जनताहरुको बिशाल हृदय भयकोले झ्यास्सै माफ पनि गर्छन।अचम्म लाग्छ यो देशको जनता र नेताहरुको ब्यबहार देख्दा।
कसैले बिरोधका लागि बिरोध गर्छन उनिहरुले मात्र गुण हेर्छन मात्रा हेर्दैनन्।आफुलाई क्रान्तिकारी देखाउँन चर्का चर्का कुरा लेखेर आफ्नै खुट्टामा बञ्चराले हान्छन।
ओलिको कदमलाई तानाशाही र प्रतिगामि त देख्छन तर त्यसलाई हटाउँन खोज्दैनन्।जस्तो भयपनि त्यो रातो झण्डामा ढाकिएको चोखो भन्छन।यस्तोछ देशको शिक्षित बर्ग भनौदाहरुको अबस्था अरु कस्ता होलान?बुझ्न गारो हुन्छ।आफुलाई कम्युनिष्ट पनि भन्छन तर कम्युनिष्टको बिचार पनि लागु गर्न सक्दैनन्।मात्र क्रान्तिकारी नारा लगाएपछि क्रान्ति संम्पन्न हुन्छर?अहिले देशभक्तहरुको एकताले देशको सम्बिधानलाई संस्थागत गर्दै सम्बिधानमा भयका कमि कम्जोरीहरुलाई हटाउँन प्रयात्नशिल रहनुपर्छ।बिना कामै का देश र गणन्त्रमा आउँने खललका कृयाकलापहरु बाट आफुलाई जोगाउँनुपर्छ।

चर्चामा

सम्बन्धित समाचार