शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?

आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?

  • शुक्रबार, साउन ८, २०७८
आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?

वि.सं.२०७८ साल साउन ०८ गते । शुक्रबार । ईश्वी सन् २०२१ जुलाई २३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आषाढ शुक्लपक्ष । तिथि– चतुर्दशी,११ घडी १८ पला, बिहान ०९ बजेर १८ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र– पूर्वाषाढा,२३ घडी १० पला, दिउसो ०२ बजेर ३९ मिनेट उप्रान्त उत्तराषाढा । योग– वैधृति, १२ घडी ११ पला, बिहान १० बजेर १५ मिनेट उप्रान्त विष्कुम्भ । करण– वणिज, बिहान ०९ बजेर ५४ मिनेट उप्रान्त भद्रा, बेलुकी ०८ बजेर ५५ मिनेट उप्रान्त बव । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–धनु ,बेलुकी ०८ बजेर ५५ मिनेट उप्रान्त मकर ।

काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर २३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५६ मिनेट । दिनमान ३३ घडी ५४ पला । पूर्णिमा व्रत ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा थोरै समय दिँदा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ कामको आरम्भ गर्न सकिनेछ । खोज तथा अनुशन्धानमा सकारात्मक नतिजा हात लगाउँन सकिने हुनाले शरिरका थप उर्जा पैदा हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको बर्चस्व कायम रहेनछ । प्रणय सम्बन्धमा आत्मियताको विकास हुनेछ भने घर परिवारमा सबैसँग सौहार्दपूर्ण सम्वन्ध स्थापना गर्न सकिनेछ । धर्म कर्ममा समय दिन सकिने हुनाले मन शान्त रहनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेममा चिसोपनको सुरुवात हुनेछ भने जीवन साथीको सहयोग नपाउँदा कामहरु थाती रहनेछन् । पढाइ लेखाइ अधुरै रहने तथा नतिजा अरु तिर जानेछ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिर्य घट्ना घट्न सक्छ । कामगर्दा ख्याल गर्नुहोला शुरु गरेका कामहरु बिग्रने तथा आर्थिक भार पर्नेछ । व्यापारमा लगानी गरेपनि आम्दानी नहुने हुनाले दैनिक गुजार ऋण लिएर चलाउनु पर्ने वाध्यता आउनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययनमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरिरमा एक किसिमको जोस जागर आउनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने विलाशी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेकोछ । दाम्पत्य जीवनमा एकअर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा सम्बृद्धि बनाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मावली, आफन्त र इष्‍टमित्रबाट भनेजस्तो सहयोग पाइने हुँदा आट तथा पराक्रम बढेर जानेछ । पुराना समस्याहरु सल्टाउन सकिने तथा नयाँ कामको थालनी गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जाने तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोछ । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा फैसला हुनाले खुसीले उचाई नाघ्नेछ । पढाइ लेखाइमा नसोचेको सफलता हात लाग्नेछ । व्यापारमा बृद्धि हुनेछ भने थप ठाउमा लगानी गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्कूल कलेज,बैक तथा वित्तिय क्षेत्रमा गरीएको लगानीबाट भनेजस्तो लाभ लिन सकिनेछ । शेयर बजार तथा सट्टाको व्यावसायमा बिशेष लाभ लिन सकिनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्नाले सम्बन्ध सुदृड हुनेछ । भौतिक सम्पती तथा विलाशी वस्तुको उपयोग मार्फत मनग्ने धन संग्रह गर्न सकिनेछ । प्रयत्न गर्दा बिभिन्न अवसरहरू प्राप्त हुनेछ भने व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) माया प्रेममा मनमुटावको अवस्था सिर्जना हुनेछ । व्यावसायमा न्यून नाँफा हुने हुनाले दैनिकि कष्टकर हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्बसाधारणसँग सन्तुलित व्यावहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । अध्ययन अध्यापनमा तपार्ईँको कमजोर उपस्थितिको फाईदा अरुले उठाउन सक्छन् ध्यान दिनुहोला । आमा वा आमा सरहका मानससँग टाडिएर देश परदेशको यात्रा गर्दा मन विचलित हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउनेछन् भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्न जोस जागर बढेर आउनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले साथी हरुलाई किनारा लगाउदै अगाडी बढ्न सकिनेछ । नोकरीमा सम्मान तथा राजनीतिमा लाग्नेहरूले विषेश पद पाउने समय रहेकोछ । छोटो तथा अर्थपूर्ण उपलव्धी मुलक यात्राको तय गर्न सकिनेछ भने गन्तव्य पहिल्याउँदै अगाडी बढ्न सकिनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफन्त तथा कुटुम्बहरूको सहयोग तथा समर्थन रहने हुनाले नौलो प्रकृतिको काम गर्न जागर चल्नेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ भने थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ । व्यापार व्यावसायमा बढोत्तरिको योग रहेकोछ भने आम्दानीका स्रोतहरु फराकिला हुनेछन् । अध्ययन अध्यापनमा मन जाने हुनाले नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आत्मविश्वासमा बृद्धि हुने हुनाले काम गर्न आँट आउनेछ । समयमा काम गर्न सकिने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बढुवा हुनेछ । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत् अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ । परिवार तथा आफन्तजन सँगसँगै रहेर दिन कटाउन पाउदा मन प्रशन्न रहनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बन्द व्यापारमा प्रसस्त समय दिएपनि आम्दानी थोरै नै हुनेछ । कामगर्दा ध्यान दिनुहोला समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । अध्ययनमा तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनुहोला । यात्राको गतिलो सम्भावना रहेकोछ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । मायाप्रेममा अविश्वास बढ्नेछ भने सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउने योग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिद्यामा राम्रो प्रगति हुनाले पढाइ लेखाइमा मन जानेछ । बिभिन्न अवसरहरूले पछ्याउने हुदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ । सरकारी सम्पती तथा पैत्रिक सम्पती हात लागी हुने प्रसस्त सम्भावना रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीच विश्वासको वातावरण बढेर जानेछ । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नयाँ काम गरी समाजको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । रोजगारीका अवसर सिर्जना गरी मनग्गे धन सम्पाति कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट लाभ पाउनेछन् । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ सफलताको सिडिहरु चढ्न सकिनेछ । व्यापार व्यावसायमा लगानी बढाई धन कमाउन सकिने समय रहेकोछ । प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् ।

तपाईँ दिन शुभ रहोस् ।
यूवा ज्योतिषी डीपी भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र ।
चाबहिल,काठमाडौं फोन न.९८०८३०७२७५
नोट: चिना तथा टिप्पन वनाउन,चिना हेराउन तथा वास्तुसँग सम्बन्धित जानकारिको लागी अवस्य सम्झनुहोला ।

चर्चामा

सम्बन्धित समाचार