शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • ‘आईटी आर्मी’ घोषणापछि एमालेभित्र हल्लीखल्ली, महेश बस्नेतले गरे बहिस्कार

‘आईटी आर्मी’ घोषणापछि एमालेभित्र हल्लीखल्ली, महेश बस्नेतले गरे बहिस्कार

  • बुधबार, साउन ६, २०७८
‘आईटी आर्मी’ घोषणापछि एमालेभित्र हल्लीखल्ली, महेश बस्नेतले गरे बहिस्कार

काठमाडौं — एमाले नेता प्रभु साहले ‘आईटी आर्मी’ घोषणा गरेपछि एमालेभित्र हल्लीखल्ली भएको छ। महेश बस्नेतले ‘साइबर सेना’ परिचालन गरेको भनेर आलोचना भइरहेका बेला फेरि पूर्व माओवादी नेता साहले ‘आईटी आर्मी’ घोषणा गरेपछि यसबारे हल्लीखल्ली भएको हो।

मंगलबार भक्तपुरमा साहले आईटी आर्मी घोषणा गरिरहेका बेला ललितपुरस्थित च्यासलमा एमाले केन्द्रीय कमिटी बैठक बसिरहेको थियो। आईटी आर्मी घोषणा गर्न लागेकोबारे एमाले बैठकमा सहभागी नेताहरुबीच सोधखोज नै भएको थियो।

कतिपयले साहले घोषणा गरेको ‘आईटी आर्मी’ ले के गर्ने हो ? यसको सङ्गठन कस्तो हुने हो भन्दै चासोपूर्वक सोधखोज गरेको बैठकमा सहभागी एक नेताले बताए। त्यसो त माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका साहले आईटी आर्मी घोषणा एमाले नेताहरूलाई जानकारी गराएरै गरेको बुझिएको छ। आईटी आर्मी घोषणा गर्दा पनि उनले एमालेका नेताहरूलाई निम्तो समेत दिएका थिए। तर, साहको निम्तोलाई नेताहरूले महत्त्व दिएको भने देखिएन।

साहले प्रवक्ता प्रदीप ज्ञवालीदेखि साइबर सेना सञ्चालन गरेका महेश बस्नेत समेतलाई निम्तो दिए पनि कार्यक्रममा कोही सहभागी भएको देखिएन। बस्नेतले ‘आईटी आर्मी’ बहिस्कार गरेको बुझिएको छ। साहले आईटी आर्मी घोषणा गर्दा पूर्व माओवादी नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट सुमन प्याकुरेल लगायतका नेताहरू भने सहभागी भएका थिए।

चर्चामा

सम्बन्धित समाचार