बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • दर्शनशास्त्रका आधारभूत नितिहरु !

दर्शनशास्त्रका आधारभूत नितिहरु !

  • बुधबार, साउन ६, २०७८
दर्शनशास्त्रका आधारभूत नितिहरु !

जनक बि सि
दर्शनशास्त्र एक प्राचिन बिज्ञान हाे।मानव इतिहासमा विभिन्न किसिमका ऐतिहासिक अवस्थाहरुमा र देशहरूमा विभिन्न सामाजिक वर्गहरु र दलहरूका प्रतिनिधिहरुले प्रतिपादन गरेका बहुसंख्यक दार्शनिक प्रणालिहरु देखा परेका छन।यि विभिन्न प्रकारका दार्शनिक प्रणालिहरुकाे विवेचना कसरी गर्ने ? यि प्रणालिहरुकाे बैज्ञानिक मुल्यांकन कसरी गर्ने ? दार्शनिक चिन्तनकाे इतिहासमा यी प्रणालिहरु मद्दये प्रत्येककाे स्थान कसरी निर्धारण गर्ने ? यी सम्पुर्ण मापदण्डकाे उत्तर पाउन सर्वप्रथम कुन दार्शनिक प्रणालिले कुन दार्शनिकले दर्शनशास्त्रका आधारभूत जवाफहरुकाे समाधान कसरी गर्दछ भन्ने थाहा पाउनु जरुरी छ ।

मानिसको वरिपरि रहेको जगतकाे ध्यानपुर्वक अध्यन गर्ने हाे भने जगतका सम्पुर्ण वस्तु घटनाहरु भाैतिक अथवा आध्यात्मिक हुन्छन् भन्ने कुरा ठम्याउन सकिन्छ । जे जति कुराकाे वस्तुपरक रुपमा वा मानिसको चेतना बाहिर त्यसबाट स्वतन्त्र रुपमा अस्तित्व छ ती सबै भाैतिक घटना हुन जस्तैः धर्तीमा रहेका वस्तु र प्रक्रियाहरु ब्रमान्डका असख्य पिन्डहरु इत्यादि कुरा मानिसको चेतनामा अस्तित्वमा छ ती सबै उसको मानसिक क्रियाकलापकाे दायराभित्र पर्दछन । भाैतिक र आध्यात्मिक वादकाे बिचमा के सम्बन्ध छ ? आध्यात्मिकवाद र मानिसकाे मुल हाे वा हाेईन? अथवा भाैतिकवादकाे मुल नै आध्यात्मिकवाद हाे कि ? यस सम्बन्धकाे चरित्र बारे अस्तित्व प्रती चिन्तनकाे र भाैतिकवाद प्रति मानिसको सम्बन्ध बारे नै याे समस्या दर्शनशास्त्रकाे आधारभुत समस्या हाे ।
अस्तित्व प्रती चिन्तनकाे सम्बन्ध बारे समस्या दर्शनशास्त्रकाे मुल समस्या हाे किनभने यश समस्याकाे समाधानकाे आधारमा जगतकाे बिकाशका नियमहरुकाे चरित्र जगतकाे बाेधकाे सारतत्व बाटोहरु तथा अन्य दार्शनिक समस्याहरुकाे पनि समाधान हुन्छ तसर्थ दर्शनशास्त्रकाे मुल समस्या समाधान नगरीकन न त दार्शनिक प्रणालिकाे निर्माण गर्न सकिन्छ न त पुर्ण याे संसारकाे चित्र उतार्न नै सम्भव हुन्छ। दर्शनशास्त्रकाे मुल समस्या भने कै दुइ पक्ष छन ।पदार्थ र चेतनामद्दये आदितत्व कुन हाे , पदार्थबाट चेतनाको उत्पति भएको हाे कि चेतनाले पदार्थलाई जन्म दिएको हाे भन्ने समस्याकाे समाधान पहिलो पक्षमा आउँदछ। अनि दाेस्रो पक्षमा जगत बाेधगम्य छकि छैन , मानिसको बुद्धिविवेकले प्रकृतिकाे रहस्यमय बुझ्न र त्यसकाे बिकासका नियमहरु थाहा पाउन सक्दछ कि सक्दैन भन्ने समस्याकाे उत्तर जटिलता छ।
दर्शनशास्त्रकाे मुल समस्याकाे प्र्स्न वा समस्याकाे सारतत्व बारे घाेत्लिएर याे समस्याकाे दुई परस्पर बिराेधि समाधान मात्र सम्भव छ भन्ने कुरा बुझ्न हामीलाई गार्‍हो पर्दैन या त पदार्थलाई पहिलो मान्न सकिन्छ या त चेतनालाई ।यसै कारणले प्राचिनकाल देखि नै दर्शनशास्त्रमा दुई मुलभुत धाराहरु देखापरेका छन ती हुन: भाैतिकवाद र अध्यात्मकवाद ।

पदार्थलाई पहिलो वा चेतनाई पदार्थबाट उत्पन्न भएको कुरा मान्ने दार्शनिकहरु भाैतिकवाद सित सम्बन्धित छन ( ल्याटिन शब्द meterialis काे अर्थ भुत हुन्छ ) । उनिहरुकाे दृश्टिकाेणमा पदार्थ सास्वस्त छ वा कसैले पनि कहिल्यै त्यसकाे स्रिस्टि गरेको हाेईन र संसारमा कुनै किसिमको अलाैकिक अथवा परलाेक शक्तिकाे अस्तित्व छैन। चेतनाचाँहि पदार्थको ऐतिहासिक विकासकाे उपज हाे असाधारण रुपले जटिलतम भाैतिक पिन्ड मानिसको मगजकाे देन हाे ।

अनि ” आत्मा ” चेतनालाई आदितत्व मान्ने दार्शनिकहरु अध्यात्मकवाद सित सम्बन्धित छन उनिहरुकाे दृश्टिकाेणमा पदार्थ भन्दा पहिले नै चेतनाकाे अस्तित्व थियाे। त्यसैले पदार्थलाई जन्म दिएको थियो अर्थात चेतना नै सम्पुर्ण अस्तित्वकाे पुर्वाधार हाे । कुन चेतनाले संसारकाे उत्पती गर्दछ भन्ने समस्या भने अध्यात्मवादिहरुकाे बिचमा मतभेद छ। तथाकथित अध्यात्मकवादिहरु कर्ता अथवा प्रिथक ब्यक्तिकाे चेतनाद्वारा संसारकाे सिर्जना गरिन्छ भन्ने बिचार गर्दछन । बस्तुवादि अध्यात्मकवादिहरु कुनै वस्तुगत चेतनाले जगतकाे सिर्जना गर्दछ भन्ने ब्याख्या गर्दछन ।विभिन्न दार्शनिक प्रणालिहरुमा कतै ” परम भावना ” काे रुपमा त कतै ” परम ईच्छा ” आदि काे रुपमा ब्याख्या गरिने त्यश चेतनामा ईस्वरलाई ठम्याउन मुस्किल पर्दैन ।
दर्शनशास्त्रकाे मुल समस्या दाेस्राे पक्षकाे समाधानमा पनि दार्शनिकहरुकाे बिचार भिन्न भिन्नै किसिमको छ। भाैतिकवादिहरु जगत बाेधगम्य छ भन्ने पुस्टि गर्दछन । जगतकाे बारेमा मानिसकाे ज्ञान प्रमाणिक छ मानिसको बुद्धिविवेकले वस्तुहरुकाे आन्तरिक स्वभाव थाहा पाउन सक्दछ र तिनको सारतत्व बुझ्न सक्दछ ।कतिपय अध्यात्मकवादिहरु संसारकाे बाेधगम्यतालाई अस्विकार गर्दछन । काेहि संसारलाई बाेधगम्य मान्दछन तापनि ब्यवहारमा स्वभावलाई नै बङगाउछन । मानिसले वस्तुगत जगत प्रक्रितिकाे बाेध गर्ने हाेईन उसले त आफ्नै बिचार अनुभुतीहरुलाई पाे बाेध गर्दछ । वस्तुगत अध्यात्मकवादिहरु रहस्यमय ” भावना ” ” ब्राह्म ” लाई बाेध गर्दछ ।

भाैतिकवाद र अध्यात्यमकवादले कसकाे सेवा गर्दछन ?

भाैतिकवाद जसकाे आधुनिक रुप माक्र्सवाद लेनिनवाद माओत्सेतुङ बिचारधारा सिद्धान्तमा आधारित प्रगतिशिल र बैज्ञानिक विश्व दृश्टिकाेण हाे। संसारकाे सहि चित्रण गर्दै वास्तविक रुपमा जगत जस्तो छ त्यस्तै ब्याख्या गर्ने हुनाले भाैतिकवादले बिज्ञानकाे बिस्वासिलाे सहयाेगिकाे रुपमा काम गर्दछ र मानिसहरुकाे ब्यवहारिक कार्यमा सघाउ पुराउँछ। यसैकाे आधारमा नै भाैतिकवादकाे उत्पति र विकाश पनि भएको छ ।
भाैतिकवाद जनताको भलाई मानव जातिकाे प्रगतिकाे निमित्त चासो लिने र समाजकाे अर्थतन्त्र एवंम संस्कृतिकाे विकासकाे निम्ति अग्रसर रहने प्रगतिशिल सामाजिक वर्गहरुकाे विश्व दृष्टिकोण थियो र रहदै आएको छ । दास प्रथात्मक समाजमा प्रजातन्त्रवादि समुहहरुले दास स्वामिहरुकाे प्रतिक्रियावादि माथिल्लो तह कुलीन वर्गकाे विरुद्ध संघर्सकाे लागि भाैतिकवादि कै प्रयाेग गरेका थिए ।
पुँजिवादकाे स्थापना कालमा पनि भाैतिकवादले सामन्तवाद तथा धर्मका विरुद्ध पुँतिपति वर्गहरुकाे संघर्सका बैचारिक अस्त्रकाे रुपमा काम गरेको थियाे । हाम्रो समयमा पनि भाैतिकवादि , साम्राज्यवादि प्रतिक्रियावादि शक्ति विरुद्ध मानवजातिकाे प्रगतिशिल हिस्साकाे संघर्षकाे शक्तिशाली साधन बनेको छ।
अध्यात्मकवाद जगतकाे बैज्ञानिक ब्याख्याकाे बिराेधि हुन्छ । धर्मले जस्तै अध्यात्मकवादले पनि अलाैकिक शक्तिहरुलाई नै जगतकाे केन्द्रविन्दु ठान्दछ र वास्तवमा यसले अति सुक्ष्म र छदमभेषि धर्मको रुप लिन पुग्दछ याे स्वभाविक पनि हाे।
ईश्वरले जगतकाे श्रिस्टि गरेको धार्मिक कथालाई अध्यात्मकवादले विद्दतापुर्ण दार्शनिक वाक्यहरुकाे पर्दाले छाेप्छ । अध्यामत्मकवादले बैज्ञानिकताकाे पनि बर्को ओढेकाे हुन्छ र धर्मले जस्तो अन्धविस्वासकाे मात्र भरमा नपरिकन मानिसको बुद्धिविकेकमा नै आड लिन खाेज्दछ ।
अध्यामत्मकवादले प्रगतिसिल सामाजिक शक्तिहरुकाे विरुद्ध समाजमा प्रतिक्रियावादि शक्तिहरुकाे संघर्षमा साथ दिनु स्वाभाविकै छ । श्रमिकहरुलाई बाैद्दिकरुपमा दास बनाउन उनिहरु माथि आफ्नो प्रभुत्वकाे आैचित्य सावित गर्न र यस प्रभुत्वलाई दरिलो तुल्याउन शाेषकहरुले सदैव नै अध्यात्मवाद र धर्मको प्रयाेग गर्दै आएका हुन । वर्तमान समयमा पनि अध्यात्मवाद र धर्म नै मक्किएकाे कुहिएको पुँजिवादि ब्यवस्थाकाे विस्वासीलो रक्षक समर्थक बन्न पुगेका छन । अध्यात्मवादले वस्तुगत जगतकाे अस्थित्त्व छ भन्ने अस्विकार गर्दछ र जगतलाई खालि चेतनाको उपज ठान्दै सबै सामाजिक अन्र्तबिराेधहरुकाे ब्याख्या गर्दछ। अध्यात्मवादले पुँजिवादका सबै अवगुणहरु र विपत्तिदरुलाई मानिसहरुकाे भ्रम उनिहरुकाे नैतिक असम्पुणताकाे रुपमा प्रस्तुत गर्दछ । यसरी अध्यात्मवादले श्रमिकहरुलाई ठग्दछ र उनिहरुलाई साम्राज्यवादि प्रतिक्रियावादि शक्तिहरुकाे विरुद्ध सघर्षबाट बिमुख तुल्याउछ , उनिहरुलाई महत्त्वपूर्ण सामाजिक समस्याहरुकाे समाधानबाट बिचल्ली पार्दछ , शाेषण र गरिबीको बिरुद्ध शान्ति प्रजातन्त्र रास्ट्रिय मुक्ति तथा समाजवाद निमित्त सघर्षबाट बिमुख तुल्याउछ । अध्यात्मकवाद र धर्मको चरित्र समान र निकट छ भन्ने कुरा प्रस्ट छ तर यी दुवैलाई एक ठान्नु हुदैन । अध्यात्मकवादिहरु मद्धे त्यस्ता मानिसहरु पनि थिए जसले दार्शनिक चिन्तनहरुकाे बिकाशमा ठुलो याेगदान पुर्‍याएका थिए उनिहरुले पनि समस्टिमा जगतकाे विक्रित चित्र नै प्रस्तुत गरे ।
बैज्ञानिक एवंम ब्यवहारिक उपलब्धिहरुले अध्यात्मकवादकाे निराधारता धेरै पहिले नै सावित गरि सकेका छन तैपनि पुँजिवादि मुलुकहरुमा अझैसम्म नै अध्यात्मकवादि धारणा ब्यापक रुपले फैलिएको छ ।शाेषकहरुकाे वर्गीय स्वार्थ नै यसकाे मुख्य कारण हाे । शाेषक वर्गहरुकाे लागि भाैतिकवादकाे विरुद्ध सघर्षकाे साधन र श्रमिकहरुकाे बाैद्दिक दासत्वकाे अस्त्रकाे रुपमा अध्यात्मकवादकाे आवश्यकता हुन्छ ।
समाजवादि समाजमा शाेषकहरु रहदैनन । तसर्थ अध्यात्मवादकाे प्रचार गर्न इच्छुक मानिसहरु पनि छैनन् र यस समाजमा त्यसकाे प्रचार हुदैन । समाजवादि ब्यवस्थामा बैज्ञानिक एवम् भाैतिकवादि विश्व दृश्टिकाेण नै प्रभुत्वमा रहन्छ । यस प्रकारले हामी के देख्दछाै भने दार्शनिकहरुले जुन आधारमा दर्शनशास्त्रकाे मुल समस्या समाधान गर्दछन त्यसै अनुरुप भाैतिकवादि अथवा अध्यात्मवादि बन्न पुग्दछन । जगतकाे चित्र उतार्दा प्रतेक दार्शनिकहरुले बाेधगम्यताकाे निस्चित पद्धति अङ्गालेकाे हुन्छ ।

चर्चामा

सम्बन्धित समाचार