बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • सेफ्टी ट्याङ्कीमा खसेर एकको मृत्यु

सेफ्टी ट्याङ्कीमा खसेर एकको मृत्यु

  • मङ्लबार, साउन ५, २०७८
सेफ्टी ट्याङ्कीमा खसेर एकको मृत्यु

काठमाडौंको कीर्तिपुरमा सेफ्टी ट्याङ्कीमा खसेर एकको मृत्यु भएको छ । दोलखाको कुन्जल गाउँपालिका-४ घर भइ स्वयम्भु बस्ने निवास शेर्पाको छोरा ६ वर्षीय विश्व उदासको सेफ्टी ट्याङ्कीमा खसेर सोमबार साँझ मृत्यु भएको हो ।
कीर्तिपुर नगरपालिका-१० सुन्दरिघाटस्थित कृषि तथा पशु क्याम्पसको निर्माणधिन ट्याङ्कीमा पर्खाल लगाउने क्रममा बाबुसँगै आएका उदास खेल्ने क्रममा अचानक खसेर गम्भीर घाइते भएकोमा वयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार