शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • हरिया चुरा!लघुकथा!

हरिया चुरा!लघुकथा!

  • मङ्लबार, साउन ५, २०७८
हरिया चुरा!लघुकथा!

सुरेशकुमार पान्डे — मिराले त आज गजब गरेकी छे कस्तो मिलेको पोषाक लगाएकि उस्ले,हातमा हरीया चुरा निदारमा हरियो टिकुली,
तल्लाघरे बजैले बिनिताको नजिकै आएर खुसुक्कै भनिन!गर्ने त भई यिनै त हुन दिन राम्रो लगाउँने,मिठो खाने!बिनिताले भनिन्।हुँनुपनि त पय्रो बजै घरमा खाने खर्च छैन मिलेको पोषाक कोले दिन्छ हामिलाई?नजिकै बसेकि माईलीले भनिन्।तिज नजिकै आएकोले आज परमपरागत ढिकिमा धान कुट्ने पुरोग्राम थियो।त्यसैले होला गाउँका केहि महिलाहरु जुटेका थिए।एक एक डाला धानलिएर कुट्टनलाई जुटेका हुँन।पहाडि भेगमा बसेका हामि थोरै खेतबारी भ एका किसानको मेला मेसामा भातमा पनि नपुग भए कांत्रा मिसाउँनु पर्छ अंझ मिलेको पोसाक! माईलीले बजैतिर हेर्दै भनिन।हो हो साच्चै भनिश बुहारी!बजैले माईलिको टाउकामा हात राख्दै भनिन।
मिराको लोग्नेले के काम गर्छ र? उ त खुबै चिटिक्कै परेर हिंडेको देख्छु मैले हिँजो आज!माईलिले फेरी प्रश्न थपिन।खै कुन्नि लाहुरे छ काम त के गर्छ त्यस्ले पैसा पठाएकैछ भन्छन खै?घरमा आमा बा बुढा-बुढी बस्छन कुटो कोदालो गरेर खाएको देखिन्छ!मिरा सँग बिहे गरेपछि त त्यो रामे घरमा फर्केरै आएको पनि त छैन।पैसा भने पठाउँछ भन्छन खै केकाम गर्छ!तर मिरा भने भाग्येमानि रैछ घरमा सासु सशुरा सोजा छन।रामे पनि खुब लगनकोछ सानै देखि लाहुर बसेको गाउँ घरको बारेमा भने खुबैजानकारि छैन!बजैले निदार खुम्चाउँदै भन्छिन।माईतिहरु पनि त अलि हुनेखाने हुन कि?बजैले सोध्छिन बिनिता तिर फर्केर।होईन बैजै हामि जस्तै हुँदा खाने हुँन तिनिहरु पनि!बिनिताले भन्छिन।मिराले त धेरै पढेकि पनि छ रे नि होईनर?हो पढेकि पनि छ डिग्रि!केहो ..त्यो डिग्रि बजैले बिनिताको कुरा बिचैमा काटेर सोध्छिन!त्यो कोरस गरेको होके बजै!बिनिताले भनिन-ब्याचलर गरेकिछन अरे उन्ले थपिन।
पोहोरको तिजमा नाचेर छक्क पारि मिराले तर हाम्रि नानिले भने नाच्न गाउँन कत्ति होईन जानेको भाषनमा भनि लोग्ने मान्छेलाई जित्छिन।छि कति छचन्नाएकि रैछे तेरो नन्द फुर्षि!बजैले थुतुनो बिगार्दै भन्छिन!फुर्शि होईन के नाम त अश्मिता हो!थाछ मलाई जे सजिलो हुन्छ त्यहि भन्छु म त हामिले सानै बाट फुर्शि भनि राखेको त्यहि बानि लाग्यो!बजैले उत्तर दिन्छिन।अब त पहिलेको जस्ति छैनन् नानि रिशा पो छिन त कुरागर्दा गर्दै थर्काई दिन्छिन उन्ले त!बिनिताले भनीन।
सुहाएको न प्वाएको उदिन पनि चौरमा सबै लोग्ने मान्छे आफ्ना बाउ बाजे जस्ता तिनैको माजमा चर्को भाषण दिन थाले कि थि मलाई त लाजपो लाग्यो फरक्कै फर्केर अलि पर भैँशि फर्काउँने निहुँपारेर त्यतैबाट घर आएं मत के भयो थाहा भैन पछि!बजैले भन्छिन।मिरा र तेरो नन्द अश्मितामा त जमिन आकासको फरक देख्छु।हिँजो आज त फुर्शिले फुलि मुन्द्रि केहि पनि लाउँदैन बा नाक कान बुच्चै थ्यो त्यसको,किन त्यस्ति भएकिरैछे त्यो केटी यो बैँशमा पनि?माईलिले भनिन!त्यो त केटा जाति जस्तै गर्छे भोलि पर्शि त्यसको बिहे गर्न ठुलो समस्या पर्ला,बिनिता तेरो दाई लाई भनेर फुर्शिको बानि सुधार गर्न भनेस! घरका जेठा बाठा तिमिहरु भएपछि ब्यहोर्न पनि तिमिहरुलाईनै पर्छ! माईलिले कुरा थप्छिन।
मिराले नाच्न गाउँन जानेकिछ बिहे पनि आफै गरेकि माईतिको त एक पैसा खर्च गराईन त्यो केटीले।तर फुर्शिलाई कोई माग्न पनि आएका छैनन्।बजैले लामू स्वाश फेर्दै भन्छिन।
होईन बजै आएका हुँन तर नानिले गर्दैन अहिले बिहे भनेपछि फर्केका हुँन! हाम्रि नानि त अच्मैकि हुनुहुन्छ।अरुलाई बोल्नै दिनुभैन!बिहे मैलेगर्ने हो तिमिहरुले होईन आफ्नो जीवनसाथि रोज्ने अधिकार मलाईछ!भनेर भनेपछि सबै चुपचाप भए बिनिताले बजै तिर हेर्दै भन्छिन!होर?बजैले आश्चार्य प्रकट गर्छिन।त्यसो भय कतै मन लगाएकि छ होलि त्यस्ले!माईलिले भन्छिन।
आज भोलिका केटिहरु त मातेका हुन्छन पैंट लगाउँने कमिज लगाउँने छिछि.कस्तो फेसन हो!माईलिले भन्छिन।त्यो कुरामा त मिरा धेरै ठिक कहिले पनि पैन्ट लगाको देखेकि छैन।सारि ब्लूज अनि सारिको पल्लाले टाउको ढाकेकी हुन्छे सधैभरी!बजैले भनिन्।हुँन त त्यले पनि स्वांग पारेकै हुँन्छे।एक दिनमा कयौँ फल्ट लुगा फेर्छे नाच्न त मादल बजेको सुन्नै हुँदैन!माईलिले भन्छिन।ठिकै त हो यो बैँशमा नाच्ने गीत गाउँने नगरेर कहिले गर्लि तो।बजैले खिसिक्क हाँस्दै भन्छिन।बिनिताको नन्दले हातमा चुरा लगाएको देखिन,नाक कान बुचैछ,भैन भनेर लोग्ने मान्छेको माझमा भाषन गर्ने त्यसतो केटिलाई के राम्रो भन्ने?कैले बाट घर छाउँने र हलो जोत्ने गर्छे त्यो केटिको केहिभर छैन।खितितिति सबै एकैसाथ हांस्छन।
हरिया राता चुरा लगाउँने अनि त्यो मिराको आंखाको परेला समेत रंगाएर परेवा जस्तै भयकि थि गहनाले लाधिएकि मिरा देख्दा कति राम्रिछे!लालि पाउडर लिबिस्टिक लगाएर पुरै सिङ्गारिएकि आफुलाई! माईलिले भनिन।त्यो आंखामा लगाएको परेबा जस्तो रङ्ग त नराम्रो लाग्छ मलाईत बजैले भन्छिन।हो हुँनता हाम्रो देशको समाजपनि कस्तो कस्तोछ।
मानिशले जे जसोगरे पनि सुखःछैन!बिनिताले भन्छे।धान पनि कुटेर सकियो।
अर्काको कुरा नगरेको भय टाईम काट्न कति धौउ-धौउ हुँने थियो!भन्दै बजैले कुराको बिटमार्छिन।सबै खित्का छोडेर हास्छन। कसैले नाक कान बुच्चै पारेर बर्तमानको बुजुर्वा समाज सँग शंर्घष गर्दैछन कसैले चिटिक्कै परेर कटपुतलि जस्तै बर्तमान समाजलाई गति दिएकाछन।
आखिर यो हरियो चुरा र यस्को बिरुद्धमा हुँने शंर्घषको रहश्य के थियो त यो प्रश्न अन्उत्तर भएर सबैको मस्तिकम घर जमाएकैछ।

चर्चामा

सम्बन्धित समाचार