शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • मंगलबार यी राशिका लागि छ शुभ

मंगलबार यी राशिका लागि छ शुभ

  • मङ्लबार, बैशाख २८, २०७८
मंगलबार यी राशिका लागि छ शुभ

विसं २०७८ साल वैशाख २८ गते मङ्गलबार — इस्वी सन् २०२१ मे ११ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । वैशाख कृष्ण पक्ष । तिथि–औशी, ४६ घडी २५ पला, बेलुकी ११ बजेर ५३ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–भरुणी, ४५ घडी ५४ पला, बेलुकी ११ बजेर १७ मिनेट उप्रान्त कृतिका । योग–सौभाग्य, ४३ घडी ३६ पला, बेलुकी १० बजेर ४६ मिनेट उप्रान्त शोभन । करण–चतुष्पद, बिहान १० बजेर ५३ मिनेट उप्रान्त नाग, बेलुकी ११ बजेर ५३ मिनेट उप्रान्त किंष्तुध्न । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–मेष ।

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर १९ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ४२ मिनेट । दिनमान ३३ घडी २७ पला । मातृसम्मान दिवस । मातातीर्थ औँशी ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पढाइलेखाइमा सुधार भएर जाने तथा उत्कृष्ट नतिजा हात लाग्नेछ । सामाजिक क्षेत्रमा तपार्ईंले गरेको काम समयमा सम्पन्न हुने हुँदा चर्चा चुलिनेछ । विलाशी वस्तुहरुको प्रयोग गर्न पाइने तथा सानो प्रयत्नले भौतिक वस्तु लाभ हुनेछन् । आफ्नो क्षमता प्रयोग गरी वा वैचारिक कुराले सबैलाई आफ्नो मातहतमा राख्न सकिनेछ । माया प्रेममा नजिक हुने समय छ भने जीवन साथीको सहयोग हरेक क्षेत्रमा रहने योग छ ।

बृष (इ, उ, ए, ओ, वा, वी, वु, वे, वो) स्वास्थ्यसम्बन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यतित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । अल्छी गर्ने बानीले काम बिग्रन सक्छ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) इमानदारपूर्वक गरिएको प्रयासबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न हुनेछ । सरकारी धन तथा पैत्रिक सम्पत्तिको प्रयोगमार्फत मनग्य आम्दानी गर्न सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा पतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ । वित्तीय क्षेत्रसँग सम्बन्धित काम फस्टाएर जानेछन् । चाहेको वस्तु तथा मनोकामना पूरा हुनाले मन प्रफुल्लित हुनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) सम्मानित काम सम्पादन गर्न सकिनेछ भने रुपैयाँ पैसा प्रशस्त कमाउन सकिनेछ । व्यापार व्यावसायमा सोचेभन्दा बढी नै आम्दानी हुनाले नयाँ क्षेत्रमा लगानी गर्न जाँगर आउनेछ । रोजगारीका अवसर सिर्जना गर्न सकिनेछ । जागिर पाउने तथा गरिरहेको ठाउँमा बढुवा हुने प्रशस्त सम्भावना छ । अध्ययन तथा अध्यापनमा सहकर्मीको साथले नयाँ कुराको खोज तथा अनुसन्धान गर्न सकिनेछ भने सार्थक नतिजाले उत्साह जगाउनेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुनसक्छ । सामाजिक कामको सिलसिलामा व्यास्त हुने समय रहेको भए पनि प्रतिफल शून्य जस्तै हुनेछ । राजनीति तथा समाज सेवामा गरिएको लगानी बालुवामा पानि जस्तै हुनेछ । मान, सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । नीति निर्माण तहमा तपार्इंको सहभागिताले महत्त्वपूर्ण भूमिका खेल्ने भए पनि आफ्नै साथीबाट आलोचना खप्नुपर्नेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) काम गर्ने सवालमा आलोचनाको सिकार हुँदा मन खिन्न हुनेछ । व्यापारमा लगानी गरे पनि आम्दानी कम हुने हुनाले दैनिकी प्रभावित हुनेछ । पढाइलेखाइमा मन नजाने हुनाले अरूभन्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने योग छ । कार्यक्षेत्रमा आउने विवादले दैनिक काममा समस्या निम्तिनेछ । मायाप्रेममा एक अर्काबीच अविश्वास बढ्ने योग छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । मायाप्रेम तथा पतिपत्नीबीचको सम्बन्धमा विश्वासको वातावरण मजबुत भएर जानेछ । पारिवारिक माहोलमा दिन वित्न तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । विद्या तथा प्रतिस्पर्धामा अरूलाई पछि पारी आफूअगाडि बढ्ने समय छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेख जनमानसमा लैजान सकिनेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) व्यायिक निर्णय तपार्इंकै पक्षमा फैसला हुनाले खुसीले उचाइ नाघ्नेछ । पढाइलेखाइमा नसोचेको सफलता हात लाग्नेछ । आफन्त तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाइने हुँदा आँट तथा पराक्रम बढेर जानेछ । पुराना समस्या सल्टाउन सकिने तथा नयाँ कामको थालनी गर्न सकिनेछ । प्रेममा सामीप्यता बढेर जाने तथा उपाहार प्राप्तिको गतिलो योग छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) व्यापार व्यावसायमा सन्तोषजनक फाइदा हुनेछ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन अलि बढी नै सङ्घर्ष गर्नुपर्नेछ । मायाप्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । सन्तान तथा छोरा छोरिबाट तपाईंको काममा सहयोग हुने छैन । बौद्धिक कार्यमा सहभागी भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यसम्बन्धी समस्या आउने तथा औषधि उपचार खर्च बढ्नेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) पहिलेका कमिकमजोरीहरुलाई सुधार्ने अवसर आउनेछ । ठूला तथा विशिष्ट योजनाहरु कार्यान्वयन गर्नको लागि केही समय पर्खनु नै राम्रो हुनेछ । आफन्त तथा आमासँग सानो सानो कुरामा विवाद बढ्ने योग छ । पढ्ने लेख्ने कामका खासै मन नजादा अरूभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा समय दिए पनि खासै उपलब्धि हासील हुने छैन भने घर जग्गाको कारोबारबाट केही मात्रामा लाभ लिन सकिनेछ । तर पनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)मुद्दा मामिला तथा अदालतबाट हुने फैसला तपाईंकै पक्षमा आउनेछन् भने प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । विद्यार्थी वर्गहरुले पढाइमा मिहिनेत गरी राम्रो नतिजा ल्याउन सक्नेछन् । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । भाग्यले साथ दिने हुँदा काम समयमा बन्नेछन् ।

मीन (दि, दू, थ, झ, ञ, दे, दो, चा, ची) बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला, बोलीको गलत अर्थ लाग्ने तथा तपाईंको निर्णय तपाईं आफैलाई आत्मघाती हुनसक्छ । आफन्त, साथीभाइ तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । खोज तथा अनुसन्धानमा दिएको समय त्यसै खेर जान सक्छ, ध्यान दिनुहोला । माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुन सक्छ । खानपानमा ध्यान नदिदा स्वास्थ्यसम्बन्धी समस्या आउनेछ ।

तपाईंको दिन शुभ रहोस् ।
युवा ज्योतिषी डीपी भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र ।

चर्चामा

सम्बन्धित समाचार