शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • भक्तपुर प्रहरीले संकलन गरेको ९५ वटा अक्सिजन सिलिन्डर अस्पतालमा वितरण

भक्तपुर प्रहरीले संकलन गरेको ९५ वटा अक्सिजन सिलिन्डर अस्पतालमा वितरण

  • आइतवार, बैशाख २६, २०७८
भक्तपुर प्रहरीले संकलन गरेको ९५ वटा अक्सिजन सिलिन्डर अस्पतालमा वितरण

महानगरीय प्रहरी परिसर भक्तपुरले संकलन गरेर ९५ वटा अक्सिजन सिलिन्डर अस्पताललाई वितरण गरेको छ ।

भक्तपुर अस्पताल, लोकन्थलीस्थित इन्टरनेशनल अस्पताल, कोरिया मैत्री अस्पताल र ललितपुरको अल्का अस्पताललाई सिलिन्डर वितरण गरिएको भक्तपुरकी एसपी तारादेवी थापाले रातोपाटीलाई बताइन् ।

भक्तपुरमा रहेका उद्योग, कलकारखाना, कवाडी संकलन केन्द्र र वर्कशपबाट प्रहरीले सिलिन्डर संकलन गरेको हो । अस्पतालको पत्रका आधारमा सिलिन्डर वितरण गरिएको एसपी थापाले बताइन् ।

भक्तपुर प्रहरीसँग संकलित केही सिलिन्डर बाँकी छ । ती सिलिन्डर पनि अस्पतालको आवश्यकताअनुसार सम्बन्धित उद्योग र वर्कशपलाई फिर्ता गर्नेगरी वितरण गरिने थापाले बताइन् । कोभिड–१९ संक्रमितको उपचारका लागि आवश्यक अक्सिजन सिलिन्डर अभाव भएपछि प्रहरीले देशभर सिलिन्डर संकलन गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार