शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • तिर्थ पनि यस्तो ? लघुकथा

तिर्थ पनि यस्तो ? लघुकथा

  • बिहिबार, बैशाख २३, २०७८
तिर्थ पनि यस्तो ? लघुकथा

म भर्खर लाहुर बाट घर फर्किएको थिएँ ,मेरा खास मित्र हर्श ज्यु पाल्नु भयो।हजूर अहिले मेला हेर्न जाने है उँहाले मलाई निर्देश हो कि याचना हो भनौ मायाँ गरेर भन्नु भयो।म सानै देखि मेल हेर्न जाँदैन थे।तरपनि अहिले केहि बओलेन र आमा सँग सओध्छु के भन्नु हुन्छ मात्र भने।मेला हेर्न खासै मालाई राम्रो लाग्दैन थ्यो।
तर यस्को पनि कारण छ।त्यो म सानो छँदा मेरा घरका माथि शिद्धथानमा ठुलो मेला लाग्थ्यो, त्यो मेलामा लडाई मार काट आदि हुन्थ्यो,कसैले कसैका स्वास्नि लतारे रै लान्थे।अनि मेलाको कुराको छिनोफनो अर्को मेलासम्म टुङ्गिदैन थ्यो।त्यो धर्मको नाउमा गरिएको पापनै लाग्थ्यो
मलाई साहिद त्यसैले मलाई मेलामा जान खासै रुचि थिएन।
तर मेरा मित्र हर्शको कुनै युविति सँग लव परेको रैछ,उनि पनि मेलामा जाने भयकोले उनिहरुको सल्हा अनुसार मलाई पनि लगेर जानु पर्छ भनेर जिद्ध गरेका थिए।हर्श मेरा नातेदार मात्रै होईनन् उनि बाल्याकालकै घनिष्ट मित्र पनि हुँन।
मैले पनि आमालाई सोधेँ आमाले जा बाबु बाह्र कुने मेला त दह हो तिर्थ हो सबै तिर्थमा नुहाएर आउँछन भन्नु भयो।आमाको त्यो स्विकृतिले मलाई बल मिल्यो म पनि मेला हेर्न उनिहरु सँग सँगै गएँ।मेला रातिको थियो बिहान त्यँही नुहाएर फर्किने गर्थे स्रद्धालुहरुले।
हाम्रो टोलिमा भने धेरै थियौँ तर मैले खासै चिनेको थिएँन।मलाई पनि उनिहरुले चिनेका थिएनन् म बिदेशमा बस्ने हुँनाले होला म सँग धेरैले खास कुरा गर्दैन थे।झ्याम्मिएका थिएनन्।मलाई पनि एकान्त नै राम्रो लाग्थ्यो।
जेहौश हाम्रो टोली अलि छुट्टै माथि चौर जस्तामा बस्यौँ,त्यँही नाच्ने गाउँने मनोरञ्जन गर्दै थ्यौँ।हर्शले आफ्नो प्रेमिकाको काखैमा टाउका राखेर पल्टेका थिए अरुले गीत गाउँने मादल बजाउँने,बाँसुरी पनि बजाउँने गर्थे।राम्रो थियो हाम्रो टोलिमा अश्लिल र छाडा गीत नृत्यहरु थिएनन् प्रगतिशिल गित हरु थिए।”छहरा छाङ्गा काटी सोलि थुम्से बोकेर कहाँ जान्छौ बैनिहरु घर कहाँ हो?”परदेशिलाई देख्छुकी भनी रुख चडि हेर्दैछुँ म पनि माछि काँडेले नजर लाउँदैमा छेक्यो डाँडैले।”यस्तै यस्तै गीत अनि उस्तै राम्रा नाचहरुले रमाईलो भयकै थियो कि एक दुई जना कता बाट आएर त्यँही अश्लिल हर्कत गर्न थाले।नाचेको जस्तै गर्दै हाम्रा साथिहरुलाई ढेकल्ने काम भयो।त्यो ब्यबहार हर्शलाई ठिक लागेन हामि सबैलाई ठिक लागेन तर हामिले गरेको अनुरोध उनिहरुले मानेनन् ।त्यसपछि हर्श जुरुक्कै उठेर त्यो छिल्लेर नाचिरहेको ब्याक्तिलाई एक्कासि ढेकले उ तल पल्टियो।एकैछिनमा उनिहरु धेरै लाठि लिएर बसैका रैछन सबैलाई लाठा बर्शाउन थाले।
मैले संझाउँने उदेश्यले अगाडि गयको मेरै टाउकामा एउटा लाठि पय्रो।अर्को पल्ट हाँनेको च्याप्पै छोपेर म पनि लडाईमा जुटेँ आखा चिम्म गरेर लाठि फन्नाए कस-कसलाई लाग्यो थाहा भयन।
बाँकि साथिहरु पनि लाठी खोस्न थालेपछि तिनिहरु भागेछन केही बेर देखिएनन्।हाम्रो साथिहरु पनि कयौँ भागेछन।मेरो निदारमा ठुलो कुडुल्को उठेको थियो।जाडोको दिन बिनाकसुर खाएको डण्डाको मारले रन्केको टाउकामा एकछिन पछि मलाई जोरो आएको थियो।आफुले राखेको गम्छाले आफ्नो टाउको बाँधे अनि नजिकैको एउटा चियाको पसल थापेकोमा गयर चिया बनाउँन पठाएँ।त्यो द्वौरानमा मेरो आफ्नो टार्च कतै खसेछ पत्तै पाएन।
ए.केटा यो टोपी कस्को हो?एउटा चिच्चाउँदै भन्यो!
त्यो मेरो हो भनेर मेरै नजिक बसेको एउटा अर्ध बैँशे ब्याक्तिले टोपी लिन गयो।उस्लाई धुष्ट सँग पिटे।उ त्यो टोपी न लिएर भाग्यो र आफ्नो पराण जोगायो।ए यो कस्को हो मफलर?उस्ले फेरी एउटा राम्रो मफलर देखाउँदै भन्यो।हजूर मेरो हो त्यो मफ्लर भन्दै उपनि मफलर लिन के जान्थ्यो उस्लाई पनि पिटे।मैले यो दिश्य देखि रहेको छुँ।यिनिहरु उनै केटाहरु हुँन जस्ले रातिमा हाम्रो टिमलाई हातपात गरेको थियो।अब यता उता हेर्छु हाम्रो मान्छे कतै छैनन्।मेरो आफ्नै पनि त टार्च हराएकोछ साहिद अबको पालो मेरो होकी भन्ने मनैमनमा सोँचेको थिएँ।
उनिहरुले कसैको दोकानमा गएर साबुन खोस्छन,कसैको दोकानमा गएर सिक्रेट सलाई लान्छन कसैले केही भन्न सकेको छैन।एकै छिनमा म बसेको दोकानमा आईपुगे।मैले आगो सेकिरहेको थिएँ मलाई जोरो आएको थियो।
ए बाजे दश कप चिया बनाउँनु पय्रो छिट्टै!एकजनाले भन्यो त्यो साहिद त्यही ग्रुपको लिडर हुनुपर्छ।यतिबेर दुध उबाल्दै बसेका बुजुर्गले न बोली नबोली चिया बनाए अनि उनिहरुलाई दिए।चिया पिएपछि बाजे चियाको पैसा लिने हामि सँग भन्दै गोजामा हात हाल्छ।प्रदैन हजूर अरु केही दिम भयो अरु केहि चाहिदैन।भनेर त्यो ब्याक्तिको ईसारामा अरु सबै त्यो दोकान बाट आर्को दोकानमा जान्छ।
अलि पर गयर उ फरक्कै फर्केर आयो अनि मतिर हेर्दै हजूर क्षामा पार्थि छौँ हामि हजूरलाई बिनाकसुर चोट खानु पय्रो!भनेर भन्यो।म बोलिन तर उस्ले मेरो टाउकामा राम्ररी छाम्यो मलाई जरो आएको थियो।मलाई खेदछ हजूर निर्दोश ब्याक्तिलाई हाम्रो कुनचाँही केटाले हानेछ,तर हजूरले पनि दुई तिन जनालाई एक एक लाठि त लगाई दिनु भयछ नी है!उस्ले भन्यो र मतिर फर्केर खिसिक हाँश्यो।हजूरको टार्च हुँनुपर्छ यो?उस्ले गरेको प्रश्नको उत्तर हुँदा हुँदैपनि म बोल्न सकिन किन यो भन्दा पहिलेको ब्यबहार देखि रहेको थिएँ।
हजूर मलाई चिन्नु हुन्छ?त्सपछि बल्ल मैले प्रश्न गरे!तपाँईलाई राम्ररी ठमाउँन सकिन नी मैले हजूरले कौना आफिशमा काम गर्नु हुँन्छ कुन्नि?देखेको जस्तो लाग्यो!उस्ले मुस्कुराउँदै भन्यो,अनि सु सारी अब यस्तो हुँदैन हजूरलाई चिनेर मात्र हो तर त्यो मान्छेलाई फेला पार्न सकेनौ, हजूरलाई थाहाछ?
उस्ले पक्कैपनि हर्शको बारेमा सोधेको हुनुपर्छ।मैले कसैलाई चिनेको छैन न म सँग कोहिछन!मैले भनेपछि उस्ले मलाई औषधी गराउँछौ सरलाई हामिले भन्यो,मैले केहि उत्तर नदिएपछि उस्ले मेरो टार्च मलाई दिएर बाट लाग्यो।मैले यो मान्छेको बारेमा सोँच्दै थिए यो कस्तो ब्याक्ति होला?मनैमनमा।
अलि परको एउटा जिरीको दोकानमा गयर उस्को तोड फोड गरेर देखाएपछि मलाई मेरो मनको प्रश्नको उत्तर पनि मिलिहाल्यो।
बिहान झिस्मिसामा उनिहरुले लाठि लाउ्न लाउ्ने दोकान लुट्ने आदि घृणित ब्यबहार गर्दै थिए।म न त त्यो गैँङ्ग सँग लड्न सक्ने न मलाई कसैले साथ दिए।लगभग सबै मेरा सँग साथि कतै लुकेर बसेका हुँदाहुँन।म पनि त्यँहा बाट बाटा लागेर अलि पर एउटा दुकानमा गयर एकछिन बसे त्यँहा पनि उनिहरु मध्यका गुण्डाहरुले पहाड तिरबाट आएका कयौ महिलाहरुलाई आफ्नो बल र डर देखाएर उनिहरुले लगाएका गहना समेत लाई खोसेर लगेका त्यँहा बसेका मानिशहरुको मुखबाट सुनियो।यो मेलामा त्यो बेला पहाड तिरबाट आएका महिलाहरुको कानै च्याथेर घरगहना खोस्ने गरेको कयौँ उधारणहरु दिन्छन उनिहरुले।तर बिरोध कस्का बिरुद्धमा लेख्ने?यि कोई डि आईजीका छोरा कोई कस्का छोरा भयकोले कसैले पनि अगाडि आएर कुनै रिपोर्ट सम्म लेखाउँदैनन!उन्ले भने।मैले यस्तो पनि धर्म स्थान हुँदुरैछ।
बिहानै महिला पुरुशहरु त्यो दहमा जस्मा पानी थिएन हिलो मात्रै थियो त्यसैमा नुहाउँदै थिए।आखिर कस्तो हो यो धर्मको आस्था मान्छेमा?यो फोरी पानीले नुहाएर शुद्ध हुँने यो गुण्डाहरुको कुटाई खाने,यो अत्याचार देख्दा मलाई उनै महान दार्शनिक कार्ल मार्क्सले गरेको धर्म शम्बन्दि बिषलेषण”धर्म अफिमको नशा जस्तै हो!मानिसले यसलाई सितिमिति छाड्न सक्दैनन् किन की यो उनिहरुको नशा नशामा सिरा सिरामा फैलिएकोछ।”धन्या ति महान दार्शनिक जस्ले मनोबैज्ञानिक तौर तरिका बाट जाँच पड्ताल गर्न सक्नु भयो।

चर्चामा

सम्बन्धित समाचार