शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • हेटौँडा अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु

हेटौँडा अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु

  • सोमवार, बैशाख २०, २०७८
हेटौँडा अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु

मकवानपुर — मकवानपुरमा कोरोना संक्रमणका कारण गएराति २ जनाको मृत्यु भएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत २ जना पुरुषको मृत्यु भएको हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. प्रविण श्रेष्ठले जानकारी दिए ।

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर १ निवासी ५५ बर्षीय पुरुष र बारा जिल्लाको अमलेखगञ्ज निवासी ४६ बर्षका पुरुष रहेको हेटौँडा अस्पतालले पुष्टि गरेको छ ।

उनीहरु कोरोना संक्रमण पुष्टि भएपछि हेटौँडा अस्पतालको कोभिड–१९ उपचार कक्षको भेन्टिलेटरमा उपचाररत रहेको र आइतबार राति उपचारका क्रममा उनीहरुको मृत्यु भएको डा. श्रेष्ठले बताए ।

मृतक हेटौंडाका ५५ वर्षीय पुरुषको राति ९ः३० बजे र बाराका ४६ बर्षका पुरुषको राति करिब १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक दुवै जनाको स्वास्थ्यमा स्वास प्रश्वासमा समस्या आएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

यसअघि मकवानपुरमा कोरोना संक्रमणका कारण ३५ जनाको मृत्यु भइसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार