बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • सुर्खेतमा एकैदिन तीनजना संक्रमितको मृत्यु

सुर्खेतमा एकैदिन तीनजना संक्रमितको मृत्यु

  • आइतवार, बैशाख १९, २०७८
सुर्खेतमा एकैदिन तीनजना संक्रमितको मृत्यु

१९ वैशाख, सुर्खेत — सुर्खेतमा आइतबार एकैदिन कोरोना भाइरस (कोभिड–१९)संक्रमणबाट तीन जनाको मृत्यु भएको छ ।

कर्णाली प्रदेश अस्पताल सुर्खेत स्रोतका अनुसार सुर्खेतको सिम्ता गाउँपालिका–८ का ३० वर्षीय पुरुष, लेकवेशी नगरपालिका–८ का ६८ वर्षीय पुरुष र पञ्चपुरी नगरपालिका–११ का ३३ वर्षीय पुरुषको मृत्यु भएको हो ।

विभिन्न मितिमा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालमा राखेर आवश्यकता अनुसारको उपचार अगाडि बढाइए पनि उनीहरुलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार