
काठमाण्डाै — बिधालय जाने उमेरमा हात्तिपाईले रोगले ग्रसित चितवन जिल्ला स्थाई बसोबास र हाल ललितपुर जिल्ला फाईवा चोकमा बस्दै आएकी बर्ष १७ कि नबिना प्रजालाई साउदी अरवमा बस्दै आउनुभएका नेपाली दाजुभाईहरु बाट संकलित रु-एक लाख तीस हजार (१,३०,०००) नगद नेवि संघ त्रिभुवन विश्वविधालय समिति सचीव योगेन्द्र रावलले हस्तान्तरण गरेका छन् |
नबिना लामो समय देखी बिधालय जान सकिरहेकी छैनन् | उनका बुवा अशक्त हुनुहुन्छ भने आमा वैदेशिक रिजगारिको शिलशिलामा साउदी अरवमा हुनुहुन्छ| नबिनाको अहिले सहारा भनेको उहाँको दिदी नाता पर्ने एक महिला हुनुहुन्छ| उहाँ सार्है दयनीय अवस्था छ|

साउदी अरव बाट सहयोग गर्नेहरुमा सन्तोष कुवर,रोशन स्याङदन,शोनाम लामा,बिनोद सुनुवार,रुद्र चिदी,लेकनाथ ढकाल,मागलिफ कम्पनी,सुप्पा दाङ्ग,रबिन परियार,वुलत तामाङ,दिपक थापामगर,प्रकाश पाखिन्न,दिलिप थापामगर,रत्न केशी,ईराम चिदी,बल बहादुर बिक,वाशिम,गणेश थापा,चिग्गे गुरुङ,नारायण बराल,प्रेम थापामगर,रबिन राना,शुक्रराज राई,बाशुदेव चौधरी,अनिल थापामगर,सुरज थापामगर रहेका छन् |
यो सहयोग रकम हस्तान्तरण गर्दै नेता रावलले नबिना प्रजाको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको नेबि संघ त्रिभुवन बिश्वविधालयका नेता आकाश घिमिरेले जानकारी दिए| रकम हस्तान्तरण कार्यक्रममा रबिन लामा,दिपा लिम्बू लगाएत सहभागी थिए|


