बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • सन्तानको खुशीको लागि..

सन्तानको खुशीको लागि..

  • सोमवार, बैशाख ६, २०७८
सन्तानको खुशीको लागि..

बिहे गरे छोराछोरी जन्माए
ख्रै केमा कुरा मिलेन छुटीए दाजुभाइ
बुढा बाआमाको कुनै प्रबाह नै नगरेर
दुई कोठे घर दुई भाइलाई भाग गर्दा
त्यही घर बनाउने बाआमालाई
ओत लाग्नसम्म ठाँउ भएन
यो कुनै देशको कथा होइन
यो कुनै काल्पनिक घटना थिएन
यो यथार्थ हो दुर्गम गाउँको ।

चाहान्थे दाजुभाइ
ती बुढा बाआमालाई
एकएक गरि भाग लगाउने
चाहान्थिन् दुवै बुहारी
हामीसँग बुढाबुढी कोइ नहोस्
र,
चाहान्थे बुढा बाआमा
हामी दुवै जना कहिल्यै छुटिन नपरोस् ।

सोही छानोमा वित्यो छुटीएका एक वर्ष
बुढा बाआमाले
कहिले जेठो छोरासँग
कहिले कान्छो छोरासँग
नाती हेरेकै भरमा पेट भरे
कहिले पानीसँग पानी तताए खाए
त कहिले भोकै
तैपनि आफ्ना दुःख
कसैसामु पोखेनन्
बरु आफ्ना छोरा बुहारीको
गुणगान खुबै गाए ।
अब,
दाजुभाइ भने
छुट्टाछुट्टै आफ्नो घर बनाउन तयार भए
त्यही पुराने छानो पनि भत्किने भयो
त्यस घरका सबै सरसामान
ढुङ्गा, माटो, दारकाठ र
छानाकोे पुरानो खर समेत
दुई भाग हुने भए ।

बाआमाको मुटु कट्कै
नखाएको कहाँ होर पिरले
कत्रो दुःख गरि यीनै सन्तानलाई
ओत्याउन बनाएको घर भत्काउने कुराले
सन्तानको लागि ज्यान दिन सक्ने
साक्षात भगवानले सहनु नै थियो
मुटुमा फलामे किलो गाडेर
सकिनसकि
आँशु लुकाउनु थियो आँखामा ।

घर भत्काउन भनेर दुवै छोराले
बोलाए गाउँलेलाई
केही गाउँले छाप्रोमा चढे
बाँदरले जस्तौ गरि
छाप्रोको खर उजाड बनाए
आमालाई लाग्यो मेरो चोली उध्राए
बालाई लाग्यो मेरो फुलेको कपाल छिचोले
समग्र हामी दुवैको मुटु चिथोरे
हामी बाआमालाई नांगेभार पारे
बतासे डाँडाको पतझर बनाए
सारा अस्तित्त्व मेटाए छोराले
यी गाउँलेको सहारा लिएर ।

बाआमा सन्तान भएर पनि
निसन्तान जस्तै भए
छोराले घर भत्काएकै दिन
संसार निदाएको राती
बुढा बाआमाले
लट्ठीको सहारामा
तिर्थको बाटो तताए
कहिल्यै नफर्किने गरेर ।

–गुलाब कान्छो, बाजुरा

चर्चामा

सम्बन्धित समाचार