बिहिबार, बैशाख १३, २०८१

धर्म के हो?

  • शनिबार, बैशाख ४, २०७८
धर्म के हो?

सुरेशकुमार पान्डे।
मेरो बिचारमा धर्म भनेको एउटा त्यो अहेम सामाजिक काम हो,जसलाई अप्नाएर सबै जात जाति भाषा भाषि,र पन्चानब्ये प्रतिशत जनताको हित हुन्छ।हाम्रो समाज बिभिद जाति भाषा साँस्कृतिकले सजिएकोछ त्यसमा हामिलाई गर्व गर्नु पर्छ।
बिडम्बना हामिले सदियौँ देखि धर्मको नाउमा पशुको बलि चढाउँने,दान गर्ने र स्वर्गको आश गर्ने एउटा अनाबस्याक भ्रममा हाम्रो समाजलाई डोराउँदै आएकाछौँ।परमपराको नाउँमा त्यो कार्या गर्दा हामिले सहि र गलतलाई छुट्टाउँने प्रयात्ननै गर्दैनौँ।एउटा शिक्षित समाजमा यसको छिनो फानो गर्नु पर्ने आबस्याकताछ र हुँन्छ।
हामिले गर्भै देखि माशु माछा खाँदै आएको एउटा सिकारी परिवारमा जन्मिएको र त्यहि समाजमा हुर्किएकोले गर्दा मङ्गस खान्छौँ त्यो एउटा बिषय हो।
तर पनि खानका लागिनै धर्मको आडमा देवी देवतालाई बलिचढाउँनु भनेको हाम्रो नया जर्नेशन छोरा नाति समेतलाई भ्रमित गर्नु हो भन्ने कुरा लाई भने बिर्शनु भयन।
एउटा भर्खर जन्मिएको शिशु जस्ले आफ्नो मनस पटल रित्तो सिलेट जस्तो लिएर यो समाजमा आएको हुँन्छ त्यो नवजात शिशुलाई हामिले के सिकाउँने के नसिकाउँने त्यस बारेमा हाम्रो ध्यान जानु पर्छ।त्यसो गर्यौँ भनेपछि हामिले गरेको शहि धर्म हुँनेछ।किन भने एउटा निर्दोश लाई सहि र सत्य बाटो देखाउँनु नै शहि मानेमा हामिले गरेको धर्महो।
हाम्रो समाजमा बिभिन्न जात थर हरुले आ-आफ्नै हिसाबले देवी देवतालाई मानेका हुँन्छौ र त्यहिनुसार यँहा पशुलाई कवुल्ने र बलि दिने चलन पनिछ।पुरानो आदिवाशी समाजमा मानव बलि चढाएको कता-कति घटनाहरु पनि भेट्टिन्छन।देउकी प्रथामा देउमाई जातिको पहिलो शन्तान छोरी भयो भने उस्लाई देवताको नाउमा छाड्दिने चलन थियो।त्यो महिला सँग कसैले बिबहा गर्नु हुँदैनथ्यो।अनि हाम्रै समाज भित्र सति प्रथा पनि थियो त्यो सति प्रथा पनि त धर्मकै नाउँमा श्रीमानको चितामा राखेर जिउँदै चलाउँने गरिनथ्यो।त्यसलाई हाम्रो समाजले गलत ठान्यो र हटायो।त्यसैको लागि पनि कयौँ सामाजिक राजनीतिक शंघर्ष हरु भए।परिणाम सबैको सामुन्नेछ त्यो समाजमा आज कतै देखिदैन।के यो पशुको बलि चढाउँने परमपरा गलत होईन?पक्कै पनि गलतहो तर हामीलाई यहि बहानामा सिखार खान मिल्छ जस्लाई हामिले कथित प्रसाद भन्छौँ।हामि आफ्नो क्षाणिक स्वार्थमा सहि र गलत छुट्टाउँन चाहादैनौँ।
कसैको पनि निर्दोश जिव जन्तुको हत्या गरेर धर्म हुँदै हुँदैन,कयौँ यस्ता पनिछन जस्ले माश खाँदैनन् अनि कमिला समेत जानेर आफ्ना खुट्टाले नमोरुन भन्ने उनिहरुको सोँच हुँन्छ।उनिहरुले कमिला परेवा चरा चरिङ्गाहरुलाई अनाज राख्दिन्छन ताकि उनिहरुले पनि आफ्नो पेट भरुन।सबै जिव जन्तुहरुको धर्ति र आकाश हो।उनिहरु पनि बाँच्ने अधिकार हुँनैपर्छ भन्ने बिचार हुन्छ।
तर हामिले चरा चरिङ्गाले फुल पारेको ठाउँमा लगेर पासा राख्दिन्छौँ ,किन भने त्यो पासामा पर्छ अनि हामिले काटेर खाने।त्यसो गर्दा हामिलाई पाप लाग्दैन त?एउटा निर्दोश पंक्षि जस्ले आफ्नो सन्तान जन्माउँन रुखमा गुँड बनाएर फुल पारेको हुँन्छ त्यसको हत्या गर्न हामिले पासा थापेर धर्म गर्छौँ।कस्तो बिडम्बनाहो।आज मानिशले कुखुराहरुको फारम खोलेर आ-आफ्नो जिवन यापन गर्नको लागि अंडा बेच्छौँ,कुखुरा उत्पादन र त्यसैको ब्यापार गर्छन।अनि आफुले धर्मको नाउँमा पशुको बलि चढाउँछन।
मानिश आफैले ढुङ्गा माटोलाई आफ्नो कलाकृतिले तरासेर देवी देवताको आकार प्रदान गर्छन अनि त्यसैलाई मन्दिरमा राखेर पुजा गर्छन।मन्दिरको भाईर भयको मानिश लाई दलित अछुत भनेर आरधना गर्न वाचित गर्दा हामिले गौरव गर्छौँ।किन त्यो दलित मानिश होईन?हामि आफैले आफुलाई ठगेकाछौँ जस्तो कुकुरले” हाड चपाउँदा आफ्नो गिँजाबाट आएको रगतलाई आड बाट निस्केको सम्झिन्छ”ठिक त्यस्तै मान्छेले आफुलाई ठगेको हुँन्छ।
हामि आफैलाई थाहाछैन धर्म र पापको बारेमा आखिर के गर्दा धर्म हुन्छ के गर्दा पाप लाग्छ?आमा बा जस्ले आफुको लागि सारा जिवन लगाए उनिहरुलाई बृद्धाश्रमा पठाएर आफुले जतिसुकै मन्दिर र मज्जित बनाएपनि धर्म हुँदैन भन्ने कुरा बुझेर पनि बुच पचाएको हाम्रो समाजमा कथित शिक्षित धर्मका ठेकेदारहरुले नै समाजलाई गलत दिशा निर्देश गर्दा यो अबस्था आएकोहो।जिवन भरी मान्छेले बुझेरपनि आफ्नै शन्तानलाई भ्रमित गर्दै पाप र धर्मको गफ लगाउँदै त्यो रुढिवादी परमपरालाई डोराउँन लगाई दिन्छ र आफुले गर्व गर्छ जो मात्र झुठहो।
धर्म वास्तबिक रुपमा जनतालाई शहि बाटो देखाउँने र उनिहरु लाई भ्रममुक्त गर्ने सामाजिक काम गर्ने मान्छेले मात्र गरेको हुँन्छ।हाम्रो देश मा बिकाश हुँन नसक्नु सदैभरी गृह युद्ध हुँनु हामिले अप्नाएको गलत कृयाकलाप ,जातिय बिभेद र कथित रुढिवादी परमपरा नै जिम्मेवार छन।
जसबाट हामि जति छिटो मुक्त हुँन्छौँ उति हाम्रो देश बलियो हुन्छ।हाम्रो एकताले हाम्रो देशको भबिश्य तय गर्छ।देशमा बिकाश हुन्छ र देश आत्म निर्भर हुन्छ भन्ने मलाई लाग्छ।

चर्चामा

सम्बन्धित समाचार