सोमवार, बैशाख ६, २०७८
  • होमपेज
  • बाजुरा बिशेष
  • संभावनाको बाजुरा

संभावनाको बाजुरा

  • शुक्रबार, चैत्र २०, २०७७
संभावनाको बाजुरा

फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काडैँ संसारू भन्ने भनाई हाम्रो बाजुरामा पनि लागु हुन्छ । कसैको नजरमा बाजुरा नेपालकै बिकट, स्वास्थ्य सेवाको कमि, खाद्यन्नको अभाव भई भोकमरि हुने जिल्लाको रुपमा चिनिन्छ भने कसैको नजरमा प्राकृतिक सुन्दरताले भरिपूणर् जिल्लाको रुपमा । विश्वकै दुलर्भ मानिने धार्मिक पर्यटकीय स्थल बढीमालिका र बुढीनन्दा यसै जिल्लामा पर्दछन् । कर्णाली नदी उत्तर देखि दक्षिणसम्म यही जिल्ला हुदै बग्ने गर्दछ जसले बाजुरालाई कालीकोट, मुगु र हुम्लाबाट छुट्टाएको छ । कर्णाली नदीलाई व्यवस्थित रुपमा च्बातष्लन सञ्चालन गर्न सक्ने हो भने यो क्षेत्रको बिकास चाँडै हुने थियो । बाजुरा एक संभावना बोकेको जिल्ला हो तर यसमा सरोकारवालाहरुको नजर जान सकेको छैन ।
बाजुरा गरीबी सँगसँगै मह्ङगीको चपेटमा परेको छ । हुम्ला मानसरोवार जाने करिडो बाजुरा हुदैँ जान्छ जसले सुर्खेतलाई हुम्लासम्म जोड्ने गर्दछ । यतिका बर्षसम्म पनि यो बाटो राम्रोसँग व्यवस्थित हुन सकेको छैन् । कालीकोट र बाजुराको सिमामा रहेको जीते भन्ने ठाउँमा पक्की बन्न नसक्दा पनि यहाँको जीवन अति नै कष्टकर हुन पुगेको छ । करिडोर बन्नासाथ बाजुरा तराईको सुर्खेत र हिमालको हुम्लाको लागि केन्द्रविन्दु बन्न सफल हुन्छ । बाजुरा जैतुनका लागि पनि निकै नै प्रसिद्ध जिल्ला हो । यस जिल्लाको अधिकाङ्श हिस्सा जैतुको सामुदायिक वनले ढाकेको छ । धेरै जनालाई जैतुनको महत्व र फाइदाहरुका बारेमा ज्ञानको कमि छ । ज्ञान भएकाले यसको बगैंचा स्थापना गरि उत्पादन लिई बेच्न तयार पनि छन् ।

इटालीयन सरकारको १० वर्षे पाइलट प्रोजेक्टको असरले यहाँका किसानहरुले जैतुको संरक्षण गर्न लागेका छन् । यस भन्दा अगाडि जैतुनमा छाँडा गाईवस्तुहरु छोड्ने चलन थियो तर अहिले यसमा कम गर्न विभिन्न सजायको व्यवस्था पनि गरिएको छ । विदेशमा जैतुनको तेल धेरै नै रुचाउने गरिन्छ खासगरि युरोपियन राष्ट्रहरुमा र पछिल्लो समय नेपालमा पनि यसको उपयोगिता बढ्न थालेको छ । नेपालले बर्षेनी करोडौंको जैतुनको तेल आयात गर्ने गरेको छ । तर बिडम्बना आफ्नै जैतुन सरकारले उत्पादन गर्न सकिरहेको छैन ।

पाइलट प्रोजेक्टले १० वर्षे कार्यकालमा नेपालको बाजुरा जिल्ला जैतुन खेतीको लागि निकै नै उपयुक्त छ भन्ने रिर्पोट नेपाल सरकारलाई बुझायो । त्यस अवधिमा उसले जैतुनको तेल निकाल्ने मेसिन पनि स्थापना गरिदियो तर त्यो मेसिन आधुनिक जातको जैतुन पेल्ने मेसिन थियो । यहाँको स्थानिय जैतुन पेल्न त्यो मेसिनको सामर्थ थिएन । यस मेसिनले पाइलट बगैंचामा लगाएका जैतुनको बोटबाट फलेका जैतुन मात्र पेल्न थाल्यो जसकारण करोडौँ स्थानिय जैतुनको सदुपयोग हुन पाएन । यतिका बर्षसम्म पनि मेसिन नआउदा किसानहरु निकै आक्रोशित छन् । उनीहरुको जैतुन प्रतिको आशा कम हुँदै गइरहेको छ । उनीहरुको बिचारमा जैतुनको कुनै भविष्य नै छैन भन्ने छ । उनीहरु जैतुन भन्दा पनि ओखरतिर आकर्षित देखिन थालेका छन् । नेपाल सरकारले यसप्रति चाँसो देखाउन निकै जरुरी देखिन्छ ।
नेपाल पछि पर्नुकारण नै आफूसँग भएको स्रोतको राम्रोसँग व्यवस्था गर्न नसक्नु हो । बाजुरामा खेती गर्न योग्य जमिन निकै नै कम छ । बर्षापनि कम हुने र सिचाइको व्यवस्था गर्न पनि गाह्रो हुने ठाउँहरु धेरै छन् । यहाँको उत्पादनले ५% भन्दा कम घरधुरीलाई १२ महिना खान पुग्दछ । यस्तो अवस्थामा सरकारले अरु कुराहरु भन्दा जैतुनलाई नै धेरै जोड दिनुपर्छ । समयमा तेल पेल्ने मेसिन आउने हो भने हजारौं बाजुरेलीले यहाँ रोजगार पाउने थिए, करोडौंको तेल उत्पादन हुन्थ्यो । आयात पूणर् कम भई निर्यात हुन थाल्थ्यो । नेपालको तेल निकै नै उच्च स्थरको (ख्ष्चनष्ल र भ्हतचब खष्चनष्ल) छ भन्ने पाइलट प्रोजेक्टमा प्रमाणित भइसकेको छ । जसको १ लिटर तेलको मूल्य रु ५,००० देखि रु १०,००० सम्म हुन जान्छ । यस्तो अनमोल रत्नलाई सरकारले वास्ता नगर्दा बाजुरा पछि परेको हो । आगामी वर्षमा जैतुनको बजेटमा कटौती हुने कुरा छ जसले गर्दा अब जैतुनको बिकास हुन निकै नै गाह्रो देखिन्छ । यहाँका जनताहरुको गरीबी र कष्टकर जीवनको सुधारमा जैतुनले धेरै राम्रो भूमिका खेल्न सक्छ । तसर्थ राजनितिक कलहमा सोझा बाजुरेलीलाई झुटो आश्वासन दिने काम बन्ध गरौं र यसको बिकासमा सम्पूणर् सरोकारवालाहरु मिलेर लागौं । समयमै मेसिन लिई यहाँको स्रोतको सतप्रतिसत सदुपयोग गरौँ ।

चर्चामा

सम्बन्धित समाचार