बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • धार्मिक
  • २०७७ साल फाल्गुण २३ गते आईतबारकाे राशिफल

२०७७ साल फाल्गुण २३ गते आईतबारकाे राशिफल

  • आइतवार, फाल्गुन २३, २०७७
२०७७ साल फाल्गुण २३ गते आईतबारकाे राशिफल

वि.सं.२०७७ साल फाल्गुण २३ गते । आईतबार । ईश्वी सन् २०२१ मार्च ०७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुण कृष्णपक्ष । तिथि–नवमी,३२ घडी ३९ पला, बेलुकी ०७ बजेर २८ मिनेट उप्रान्त दशमी । नक्षत्र– मूल,४२ घडी ५० पला,बेलुकी ११ बजेर ३३ मिनेट उप्रान्त पूर्वाषाढा । योग– सिद्धि,३० घडी २१ पला,बेलुकी ०६ बजेर ३३ मिनेट उप्रान्त व्यातिपात । करण–तैतिल,बिहान ०८ बजेर २७ मिनेट उप्रान्त गर,बेलुकी ०७ बजेर २९ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–धनु ।

काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०७ मिनेट । दिनमान २९ घडी १६ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लगनशिल तथा ईमान्दारीताले समाजका मान सम्मानमा बृद्धि भएर जानेछ । प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नया ठाउँबाट प्रेम प्रस्ताव आउने अधिक सम्भावना रहेकोछ । लामो समय देखि रोकिएर बसेका कामहरु बन्नेछन् भने तपार्ईँको काममा प्रतिस्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । पढाइ लेखाइमा प्रसस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नयाँ काम पाउन तथा नोकरीमा बढोत्तरि गतिलो योग रहेकोछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दैनिक कारोबार गर्दा एकदमै ध्यान दिनुहोला रुपैया पैसा हराउने तथा तलमाथि हुने अधिक सम्भावना रहेकोछ । व्यापार व्यावसायमा लगानी गर्नुभन्दा पनि गरीरहेको कामलाई निरन्तरता दिनुहोला समय मध्ययम रहेकोछ । घर परिवार तथा दिदी बहिनीसँगको सम्वन्धमा दरार आउने योग रहेकोले सन्तुलित व्यावहार गर्नुहोला । पढाइ लेखाइमा दिईएको समयबाट भनेजस्तो उपलब्धि आउने सम्भावना कम रहेकोछ भने माया प्रेममा धोका हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । भौतिक सम्पती तथा मानव निर्मित वस्तुहरु प्राप्तीको गतिलो योग रहेकोछ । लामो समयदेखि भेट नभएका मित्रहरूसँग भेट हुनेछ भने माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ भने रमाईलो यात्राको तय हुनेछ । बिद्यार्थीहरुले अध्ययनमा सफलता पाउनेछन् भने गुरुहरुको राम्रो सहयोग पाइने हुँदा गन्तव्य पहिल्याउन सहज हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछन् भने शत्रुलाई परास्त गर्ने उपाए फुर्नेछ । पुराना रोग तथा ऋणबाट मुक्त भई नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिने तथा परिवारका आवश्यक्ताहरु पूरा गर्न सकिनेछ । अध्ययनमा प्रतिस्पर्धीहरुलार्ई साइड लगाउदै एक दुई कदम अगाडी बढ्न सकिनेछ । नयाँ ठाउबाट प्रेम प्रस्ताव आउने तथा प्रेमका कोपिलाहरु पक्रिएर जानेछन् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बौद्धिकताको लडाईमा तपार्ईँकै नाम उच्च स्थानमा आउने हुनाले मन प्रशन्न हुनेछ । शेयर बजारमा गरीएको लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनाले दैनिकी सहज हुनेछ । अध्ययनमा मन जाने हुनाले नतिजाको अपेक्षा गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पती लाभ हुनेछ भने उपाहार पाइने तथा चिट्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ । मनग्गे धन आर्जन गर्न सकिने हुनाले ईच्छित कामनाहरु पुरा हुनेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आमा तथा आमा सरहका मानिससँग विवाद बढ्ने योग रहेको छ । सामान्य छाती सम्वन्धी समस्या आउन सक्छ ख्याल गर्नुहोला । प्रतिस्पर्धी हरुले काममा अवरोध पु¥याउन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपार्ईँ आफ्नै कारणले पछि पर्नुहुनेछ । व्यापार व्यावसायमा प्रसस्त समय दिनु पर्नेछ भने कृषी तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आत्मिय साथी तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) छोटो तथा रमाईलो आन्तरिक यात्राको तय हुनेछ भने सकारात्मक उपलव्धी हात लाग्नेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पती पत्नी बिचको सम्वन्धमा प्रगाडता बढेर जानेछ । उद्योग तथा व्यावसायमा लगानी गरी मनग्गे धन संग्रह गर्न सकिनेछ । खेलकुद तथा यस्तै पराक्रमी क्षेत्रमा समय खर्चिने हरुले नाम तथा दाम कमाउन सकिनेछ । न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) मिठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाईलो गर्दै दिन कटाउन सकिनेछ । बोलिको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्वपूर्ण कामहरु फत्ते गर्न सकिनेछ । प्रेमप्रसङमा आफूले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खुशी हुनेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । फेसेनेवल तथा विलाशी सामानको व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा तपार्ईँकै पोल्टोमा पर्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्रतिष्ठित काम गर्ने अवसर आउनेछ भने विशिष्ट व्यक्तिहरु नजिकिने छन् । कन्फिडेन्स पावर बढ्ने हुँदा उपलव्धी मुलक कामहरु बन्नेछन् । राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउने समय रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा आम्दानीका स्रोतहरु फराकिला हुनेछन् । सुन्दर तथा विलासी सामानको प्रयोग मार्फत अरुको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) गलत काम भुलेर पनि नगर्नुहोला नराम्रो परिणाम भोग्नु पर्नेछ । पढाइ लेखाइमा अल्छि गर्नाले अरुभन्दा निकै पछि परिनेछ । स्वास्थ्य बिग्रने हुँदा कामहरु प्रभावित हुनेछ सचेत रहनुहोला । व्यापार व्यावसाय खस्केर जानेछ भने विदेशी सामानको व्यापार बढेर जाने योग रहेकोछ । घरायसी कुरामा आफन्तहरु बिच मनमुटाव सिर्जना हुनेछ भने माया प्रेममा घटपट हुने योग रहेकोछ । लामो दुरिको विदेश यात्रा हुने तथा विदेशमा हुनेहरुले मनग्गे धन सम्पती जोड्ने ग्रहयोग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ भने ईच्छित चाहनाहरु पूरा हुने हुनाले मन चङगा हुनेछ । भूमि, वाहन तथा पैत्रिक सम्पतीको उपयोग गरी थप फाइदा लिन सकिनेछ । दाजु तथा अग्रजको सहयोगले उपलव्धीमुलक कामहरु गर्न सकिनेछ । अध्ययनमा अध्यापनमा मन जाने हुनाले नयाँ नयाँ कुराको खोजमा समय बित्नेछ । माया प्रेममा रमाउन सकिने समय रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाइ लेखाइमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेत गर्दा महत्वपूर्ण उपलव्धी हासिल गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद प्राप्तिको गतिलो योग रहेकोछ । नयाँ काम पाउने तथा गरीरहेको ठाउमा बढुवा हुनेछ । व्यापार व्यावसायमा लगानी गरी मनग्गे धन तथा सम्पती कमाउन सकिनेछ । समयले साथ दिने हुनाले अन्य बौद्धिक क्रियाकलापमा पनि ध्यान जानेछ ।

तपाईंकोदिन शुभ रहोस् ।

चर्चामा

सम्बन्धित समाचार