शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • नेविसंघको अनसनमा माधव नेपालको ऐक्यवद्धता, भने- मेरो समर्थन छ

नेविसंघको अनसनमा माधव नेपालको ऐक्यवद्धता, भने- मेरो समर्थन छ

  • बिहिबार, फाल्गुन २०, २०७७
नेविसंघको अनसनमा माधव नेपालको ऐक्यवद्धता, भने- मेरो समर्थन छ

नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयस्थित उपकुलपतिको कार्यालयमा गरिरहेको अनसनमा नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले ऐक्यवद्धता जनाएका छन्।

बिहीबार दिउँसो अनसनस्थल पुगेका नेपालले अनशनमा ऐक्यवद्धता जनाउँदै मागहरूप्रति आफ्नो समर्थन रहेको बताएका छन्। नेविसंघ त्रिवि समिति सचिव योगेन्द्र रावलका अनुसार नेपालले अनसनस्थल आएर मागहरूप्रति समर्थन जनाएका हुन्। ‘राजनीतिक नियुक्तिले विश्वविद्यालयहरू बिग्रिएका छन्,’ नेपालले नेविसंघ नेताहरूसँग भने।

त्रिविमा पदाधिकारी नियुक्तिमा राजनीतिक नियुक्ति हुने गरेका छन्।नेविसंघले एक महिनादेखि उपकुलपति कार्यालयको ढोकैमा रिले अनसन गरिरहेको छ। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तत्काल घोषणा गर्नुपर्ने, कोभिड-१९ को कारणले लामो समयपछि भएको परीक्षा र त्रिविको नजिता प्रकाशनमा हुने ढिलासुस्तीले विद्यार्थीहरुको शैक्षिक सत्र गुम्ने अवस्था भएकोले परीक्षा भएको एक महिनाभित्र नतिजा प्रकाशनको सुनिश्चितता गर्नुपर्नेलगायत माग नेविसंघको छ।

त्रिविको क्यालेन्डर अनुसारको नयाँ भर्ना प्रक्रिया सुचारु गर्न पनि उनीहरूले माग राखेका छन्। यस्तै नेविसंघ त्रिवि समिति र त्रिविबीच भएको २३ बुँदे सहमति कार्यान्वयन गर्नसमेत उनीहरूले माग गर्दै आएका छन्। साथै त्रिविको प्राध्यापक तथा विद्यार्थी संगठनका नेतृत्वलाई षड्यन्त्रपूर्वक बदनाम गराउने र झुटा मुद्दा लगाउने काम भइरहेको दाबी नेविसंघको छ।

चर्चामा

सम्बन्धित समाचार