शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • मौसम पूर्वानुमानः आज हिमपातको सम्भावना

मौसम पूर्वानुमानः आज हिमपातको सम्भावना

  • बिहिबार, फाल्गुन ६, २०७७
मौसम पूर्वानुमानः आज हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली रही अन्य भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

यसैगरी, आज दिउँसो प्रदेश न २ र प्रदेश न ३ लगायत देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ । यस्तै, पहाडी भूभागका थोरै स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।

भने देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यसैगरी, राति प्रदेश नं १ मा आंशिक बदली रही वांकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ ।

चर्चामा

सम्बन्धित समाचार