शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • खैरो हिरोइनसहित दुई जना पक्राउ

खैरो हिरोइनसहित दुई जना पक्राउ

  • आइतवार, माघ ११, २०७७
खैरो हिरोइनसहित दुई जना पक्राउ

: कञ्चनपुरमा खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । शनिबार भीमदत्त नगरपालिका -९ तुम्नाडीबाट ७ ग्राम ४९० मिलिग्राम खैरौ हिरोइनसहित दुई जना युवक पक्राउ परेको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा उक्त नगरपालिका -१० सुकासालका ३५ वर्षीय विनोद चन्द र सोही नगरपालिकाकै वडा नम्बर ५ का २४ वर्षीय सुवाश लुहार रहेका छन् ।

लागु औषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाले बताए ।

चर्चामा

सम्बन्धित समाचार