आइतवार, फाल्गुन २३, २०७७
  • होमपेज
  • बडिमालिका
  • बाल्यकाल देखिनै भेडा सँगै हिड्छन्, १४ बर्षिय सिता

बाल्यकाल देखिनै भेडा सँगै हिड्छन्, १४ बर्षिय सिता

सिताका लागि कालो अक्षर भैसी बराबर

  • शनिबार, माघ १०, २०७७
बाल्यकाल देखिनै भेडा सँगै हिड्छन्, १४ बर्षिय सिता

बाजुरा —  हिमाली गाँउपालिका ३ बौडि बस्ने १४ बर्षिय सिता थापा बाल्यकाल देखि भेडाको गोठालो छिन् । पढने उमेरमा बिद्यालयमा नगई उनि सधै भेडा चराउनमा ब्यस्त छिन् ।
हिउँदको समयमा बाजुराको तल्लो भेग हुुदै अछाम डोटि सम्म पुुग्ने गरेकि छन् । बर्षात समय हुम्ला हुुदै चिनमा सिमाना सम्म भेडा लिएर जाने गरेकी छन् । बिद्यालय गएर पढने रहर त थियो, तर बाध्यताले बुवा आमा सँग बसाइ सरेर भेडा हेर्नु परेको सिता बताउछन् । सिता चिन तिर जाने बेला बाटोमै जन्मेकी थिईन् । जन्मे देखिनै कहिले औल कहिले हिमाल तिर आवतजावत गरिरहेकी छन् ।
सिताका बुवा प्रेम थापा भन्छन्, भेडा नपालेर हुदैन्, हिउँदमा चिसो हुन्छ बेशिझर्नु पर्छ, बर्षातमा हिमाल तिर जाने गरेकाले छोरा छोरी सँग लिएर जाने गरेको वताईन् । सिताको यो उमेर बिद्यालयमा गएर पढने हो, तर उनलाई कालो अक्षर भैसी बराबर भएको छ । उनलाई क समेत उच्चारण गर्न समेत नआउने गरेको छ ।
सिता भन्छन्, बिद्यालय जाने रहर थियो, पढने मन थियो तर बाध्यताले बिद्यालय जान नपाएको वताईन् । आफुमात्र नभई गाँउमा धेरै छोरीहरु बिद्यालय नगएर भेडा सँगै हिमाल बेशी गर्ने गरेको वताईन् । पहिला पहिला त बुवा आमा सँग बिद्यालय जाने भनेको हो, उमेर पनि बढदै गएपछि अहिले त मेलापातमै रमाउने गरेको उनले वताईन् ।
सिता सँग १३ बर्षिय पार्वति थापा पनि अछाम तिर घरपरिवार सहित भेडा ल्याएर आएकि छन् । पार्वति भन्छन्, पहिला दुइ कक्षा सम्म बिद्यालय गएकि हु, पछि भेडा चराउनुपर्ने र बसाई सनुपर्ने भएकाले बिद्यालय छोडेर औल बेशी गर्ने गरेको वताईन् । भाइहरु त बिद्याय जाने गरेका छन्, छोरीहरु भने बिद्यालय नजाने गरेको उनले वताईन् ।
सिता र पार्वति त उदाहरण मात्र हुन् । बाजुरा जिल्लाको उत्तरी क्षेत्रमा बसोबास गर्ने अधिकांश जनजाति (भोटे) बासिन्दाका वालवालिका पढाई छोडेर औलतिर झरेपछि तिनिहरुका बालबालिका पढाई बाट बञ्चित हुने गरेका छन् ।
जनजाति समुदायहरु घरजहान सगंै लैजाने गर्दछन् । यही कारण बालबालिका बिद्यालय जान पाउदैनन् । बसाई सर्ने भएपछि मंसिर महिना देखि चैत्र महिना बालबालिका पढाईबाट बञ्चित हुने जनक थापाले बताए । जिल्लामा ४ सय भन्दा बढि जनजातिका बालवालिका रहेको जिल्ला शिक्षा समन्वय ईकाइ कार्यलय वाजुराको तथ्याङ्कमा रहेको छ । चिसो सुरु भएपछी हिमाली भेगका प्राय जसो बस्तिहरुमा हिमपात भई जाडो बढ्ने भएको र बेशिमा गएर व्यापार व्यबसाय गरी आम्दानी गर्न सकिने र चिसो समय विताउन सजिलो हुने भन्दै भोटे जनजातीहरु सपरिवार सहित एक पछि अर्को बस्तिहरु छोडेर बेशी तिर झर्दछन् । यस वेला घरमा भएका भेडा च्याङ्ग्रा, घोडा, खच्चड गाइ, गोरु र खाने सरसमानका साथ बसाई सरिरहेका छन् । गाँउनै खाली गरेर भेडाच्याङ्ग्रा संगै भोटे जनजातीहरु बेशी झर्ने गरेका कारण बालबालिका पढाई बाट बञ्चिते हुने गरेका छन् ।
बाजुराका ६ सय ४० भन्दा बढी परिवारहरु मौसमी बसाई सर्ने गरेका छन् । ति भोटे जनतातीका बालबच्चा बर्ष भरीमा छ महिनामात्र बिद्यालय जान पाउने गर्छन, भने वाँकी छ, महिना सम्म किताव कापी सम्म देख्न पाउदैन, भोटे जनजाति महासंघका नृप थापा भोटेले बताए ।
गुणस्तरीय शिक्षा विकासका लागि जिल्लामा क्रियाशिल सरकारी तथा गैर सरकारी सस्थाले लाखौको बजेट छुट्याएका भए पनि चेताना र गरिवीका कारण भोटे जनजातीका बालबालिका भने अझै पुरानो संस्कार र सोच बाट मुक्त हुन सकेका छैनन् । २०१५ सम्म सबैका लागि शिक्षा कार्यक्रम मार्फत देशभरीका सबै बालबालिकालाई शिक्षाको मुलधारमा ल्याउने लक्ष्य सरकारले गरेको भए पनि तर विकट बस्तिमा भने अझै २०१५ होइन २०२५ सम्म पनि सोचको लक्ष्य पुरा गर्न गाह्रो हुने जनजाति समुदायको बसाइ सराइले देखाएको छ ।

चर्चामा

सम्बन्धित समाचार