आइतवार, बैशाख २६, २०७८
  • होमपेज
  • समाचार
  • बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १७ घाइते

बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १७ घाइते

  • बिहिबार, माघ ८, २०७७
बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १७ घाइते

सर्लाहीको हरिवन नगरपालिका–४ मा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । दाङबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ५ ख ४४८८ नम्बरको बस बिहीबार बिहान चार बजे दुर्घटना भएको हो ।

दुर्घटनामा दुई जना महिलाको मृत्यु भएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी एवम् प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार