शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • मानवअधिकार आयोगको अध्यक्ष हुँ भनी १५ लाख ठगी गर्ने पक्राउ

मानवअधिकार आयोगको अध्यक्ष हुँ भनी १५ लाख ठगी गर्ने पक्राउ

  • बुधबार, माघ ७, २०७७
मानवअधिकार आयोगको अध्यक्ष हुँ भनी १५ लाख ठगी गर्ने पक्राउ

काठमाडौं — राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष हुँ भनी अमेरिका पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । संखुवासभा पाँचखान गाउँपालिका ५ खमारेका तुलसी थापालाई प्रहरीले काठमाडौंको दरबारमार्गबाट मंगलबार पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका ७ मित्रपार्क बस्ने थापाले राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षको परिचयपत्र बनाई ठगी गरेको प्रहरीको आरोप छ । थापाले अमेरिका लैजाने प्रलोभन देखाई १५ लाख रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनले आफु अमेरिका जाँदा मल्टिपल भिसा लगाइदिने प्रलोभन देखाएका थिए ।

थापालाई ठगी सम्बन्धि कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाईएको छ।

चर्चामा

सम्बन्धित समाचार