शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • सरकारसँग वार्ताको तयारी चल्दै गर्दा एकाएक समातिए विप्लव समूहका नेता

सरकारसँग वार्ताको तयारी चल्दै गर्दा एकाएक समातिए विप्लव समूहका नेता

  • बिहिबार, माघ १, २०७७
सरकारसँग वार्ताको तयारी चल्दै गर्दा एकाएक समातिए विप्लव समूहका नेता

विप्लव नेतृत्वको नेपाल कम्युनिट पार्टीका वार्ता टोली सदस्य धर्मेन्द्र बाँस्तोला बुधबार दिउँसो ललितपुरबाट पक्राउ परेका छन् । बाँस्तोलासँगै विवेक कुमाल, विश्वास र प्रकाश शाही पनि पक्राउ परेको जनाइएको छ ।
सरकारसँग अनौपचारिक वार्ताको तयारीका बेला वार्ता टोलीकै सदस्य समातिएको विप्लवको पार्टीका एक नेताले बताए ।

‘सरकारका मानिसहरुसँग अनौपचारिक तहमा हाम्रो कुराकानी भइरहेका थिए । वार्ताका लागि गम्भीरता देखाउँदै पार्टीको तर्फबाट तीन सदस्सीय टोली गठन गरेका थियौं । तर त्यसमध्ये एक सदस्य गिरफ्तारीमा पर्नुभएको छ’, ती नेताले भने, ‘हामीले बनाएको वार्ता टोलीमा यी यी मान्छे थिए भन्ने सरकारका मान्छेलाई कुनै न कुनै रुपमा सन्देश पुगिसकेको थियो ।

पार्टीभित्रको क्षयीकरण, कोरोना महाव्याधीपछिको आर्थिक सामाजिक अवस्था, राजनीतिक संकट लगायतका कारण उक्त पार्टी सरकारसँग वार्ता गर्न तयार देखिएको थियो । यो खबर अन्नपूर्ण पोस्टमा छापिएको छ ।

चर्चामा

सम्बन्धित समाचार