बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • पत्रकार सिंहका नाममा ५ लाखको अक्षय कोष सञ्चालनमा

पत्रकार सिंहका नाममा ५ लाखको अक्षय कोष सञ्चालनमा

  • सोमवार, पुस २७, २०७७
पत्रकार सिंहका नाममा ५ लाखको अक्षय कोष सञ्चालनमा

जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरका पत्रकार उमा सिंहको १२औँ स्मृति दिवस मनाएको छ । कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले जनकपुरधामले एक निडर पत्रकार गुमाएको बताउँदै उनका नाममा पत्रकारका लागि गत वर्ष घोषित रु पाँच लाखको अक्षय कोष यस वर्षदेखि विधिवत् रुपमा सञ्चालनमा ल्याइएको जानकारी दिए ।

उनका अनुसार सो अक्षय कोषबाट पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान दिने पत्रकारलाई पुरस्कृत गरिनेछ । आमा सुशीलासँगै बस्दै आएका सिंहको २०६५ सालमा आजकै दिन राति करिब ८ बजे जनकपुरको रजौलस्थित डेरामा हत्या गरिएको थियो । रासस

चर्चामा

सम्बन्धित समाचार