बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • बुधबारको मौसम पूर्वानुमानः उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुने

बुधबारको मौसम पूर्वानुमानः उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुने

  • बुधबार, पुस २२, २०७७
बुधबारको मौसम पूर्वानुमानः उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी, बुधबार दिउँसो देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै, देशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । भने, पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार