शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • समाचार
  • लाइसेन्सको फाराम भर्ने सर्भरमा समस्या देखियो, सेवा अवरुद्ध

लाइसेन्सको फाराम भर्ने सर्भरमा समस्या देखियो, सेवा अवरुद्ध

  • सोमवार, पुस २०, २०७७
लाइसेन्सको फाराम भर्ने सर्भरमा समस्या देखियो, सेवा अवरुद्ध

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फाराम भर्ने सर्भरमा समस्या देखिएपछि सेवा अवरुद्ध भएको छ । यातायात व्यवस्था विभागका अनुसार सर्भरको मर्मतका लागि सोमबार एक दिन सेवा नै बन्द गर्ने निर्णय भएको छ ।
विभागको सूचनामा पनि ‘सवारी चालक अनुमतिपत्रको अनलाइन फारम सर्भरको मर्मतका लागि आज अनलाइन सर्भर बन्द’ गरिएको उल्लेख छ ।

कोभिडका कारण गत चैतदेखि बन्द रहँदै आएको लाइसेन्सको नयाँ आवेदन विभागले गत मंगलबारदेखि मात्र खुल्ला गरेको थियो । आवेदन खुलेको ५ दिनमा नै सेवा अवरुद्ध बन्न पुगेको हो।

चर्चामा

सम्बन्धित समाचार