बिहिबार, जेष्ठ १०, २०८१
  • होमपेज
  • समाज
  • लुम्बिनी सुगरमिल सञ्चालकका पारिवारिक सदस्य प्रहरीको नियन्त्रणमा

लुम्बिनी सुगरमिल सञ्चालकका पारिवारिक सदस्य प्रहरीको नियन्त्रणमा

  • बिहिबार, पुस १६, २०७७
लुम्बिनी सुगरमिल सञ्चालकका पारिवारिक सदस्य प्रहरीको नियन्त्रणमा

पारिवारिक अंशबण्डाको विवाद रहेको भनिएको लुम्बीनी सुगर मिलकी सञ्चालिका सुशीला गोयलको पारिवारिक सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुशीलाका जेठाजु मनोज अग्रवाललाई प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको हो । अग्रवाललाई जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिममा उपस्थित गराईने जिप्रका पर्साका डिएसपी मनोजित कुँवरले रातेपाटीलाई बताए ।

लुम्बिनी सुगर मिलकी सञ्चालिका सुशीला गोयलको नाममा अदालतबाट पक्राउ अनुमति जारी भएको छ । गोयल बिरुद्ध सुनवलका चारजना उखु किसानले जाहेरी दिएका छन् । सुशीलाका जेठाजुसँग केही कुरा बुझ्नुपर्ने भएको हुनाले बीरगञ्जबाट बोलाईएको पश्चिम नवलपरासीका एसपी अजय केसीले बताए । उनले भने– ‘उँहासँग केही बुझ्नुपर्ने छ, त्यसैले बोलाएका हौं ।’

लुम्बिनी सुगर मिलले अहिलेसम्म २ करोड रुपैयाँ किसानलाई वितरण गर्नेगरी जम्मा गरेको छ । लुम्बिनीले उखु किसानलाई ७ करोड बक्यौता तिर्न बाँकी छ ।

चर्चामा

सम्बन्धित समाचार