शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • कञ्चनपुरमा जबरजस्तीकरणीका फरार प्रतिवादीसहित ३ जना पक्राउ

कञ्चनपुरमा जबरजस्तीकरणीका फरार प्रतिवादीसहित ३ जना पक्राउ

  • शनिबार, पुस ११, २०७७
कञ्चनपुरमा जबरजस्तीकरणीका फरार प्रतिवादीसहित ३ जना पक्राउ

कञ्चनपुर प्रहरीले सामूहिक जबरजस्तीकरणी मुद्दाका फरार प्रतिवादी पुस्कर भट्टसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने अन्य दुई जनामा धनगढी उपमहानगरपालिका -१२ का सुनिल साउद र पुनर्वास नगरपालिका -६ का सुनिल बोहरा रहेका छन् ।

पुस्कर कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका -११ का हुन् । उनी गतवर्षको साउन ३१ गतेदेखि फरार रहेका थिए । उनलाई जिल्ला अदालतले ५ लाख धरौटी माग गरेको र धरौटी रकम जम्मा गर्न नसक्दा जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी कैलाली प्रहरीसँगको समन्वयमा कञ्चनपुर प्रहरीले धनगढीका साउदलाई पक्राउ गरेको बताएको छ । उनी लागु औषध मुद्दाका फरार प्रतिवादी हुन् । साउदलाई पक्राउ गरी थप अनुसन्धान थालिएको बताइएको छ ।

यस्तै गत वर्षको मंसिर २२ गतेदेखि फरार रहेका जबरजस्तीकरणी मुद्दाका सुनिल बोहरालाई घर नजिकैबाट पक्राउ गरिएको छ ।उनी कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ६ का हुन् । उनीबारे थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार