बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • बालिकामाथि यौन दुर्व्यवहारको अभियोगमा वृद्ध पक्राउ

बालिकामाथि यौन दुर्व्यवहारको अभियोगमा वृद्ध पक्राउ

  • शनिबार, मंसिर १३, २०७७
बालिकामाथि यौन दुर्व्यवहारको अभियोगमा वृद्ध पक्राउ

प्रहरीले बालिकामाथि यौन दुर्व्यवहारको अभियोगमा एक वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी तिरहुत गाउँपालिका–५ लोहजारा ७६ वर्षीय लक्ष्मी महतो रहेका छन् ।

महतो स्थानीय ७ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको उजुरी प्रहरीकोमा पुगेपछि उनलाई पक्राउ गरिएको डीएसपी नरेश सिंहले बताए । ती बालिकालाई घरमा बोलाएर दूधभात खान दिएर महतोले बलात्कारको प्रयास गरेको सिंहले जानकारी दिए । बालिका चिच्याउन थालेपछि स्थानीयले बालिकाको उद्धार गरेका छन् । पक्राउ परेका महतोलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार