शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अलकायदाका प्रमुख जवाहिरीको मृत्यु भएको दाबी

अलकायदाका प्रमुख जवाहिरीको मृत्यु भएको दाबी

  • शनिबार, मंसिर ६, २०७७
अलकायदाका प्रमुख जवाहिरीको मृत्यु भएको दाबी

एजेन्सी — विश्वकै सबैभन्दा खतरनाक संगठन मानिएको अलकायदाका प्रमुख अल जवाहिरीको मृत्यु भएको दाबी गरिएको छ । अलकायदाको नेतृत्वमा रहेका जवाहिरीको दमका कारण मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । अलजवाहिरी अफगानिस्ताको पहाडमा लुकेर बसेका थिए । उनको सही उपचार नपाएर मृत्यु भएको जनाइएको छ ।

पाकिस्तान र अफगानिस्तानका श्रोतहरुलाई उदृत गर्दै नेता जवाहिरीको मृत्यु भएको समाचार अरब न्युजले प्रकाशित गरेको छ । अल कायदाको एक श्रोतलाई उदृत गर्दै अरब न्युजले भनेको छः ‘६८ वर्षीय अल जवाहिरीको गत हप्ता अफगानिस्तानको गजनीमा मृत्यु भएको छ । उनको मृत्यु दमका कारण भएको हो । उनका लागि उपयुक्त उपचार समेत मिलेको थिएन । उनी पछिल्ला दिन निकै गम्भिर बिरामी भएका उनलाई सास फेर्न गाह्रो हुँदै गएको थियो । उनको अन्त्येष्टिमा धेरै मानिसहरु सहभागी भएका छन् ।’

अमेरिकी गुप्तचर एजेन्सीले भने यो दावीको थप अनुसन्धान गरिरहेको जनाइएको छ । अल जवाहिरी र अब्दुल्लाह अमेरिकी गुप्तचर एजेन्सी एफबीआईको मोस्ट वान्टेड आतंकवादीहरुको सूचीमा थिए । अल जवाहिरीका बारेमा सूचना दिनेहरुका लागि २५० मिलियनको पुरस्कार दिने घोषणा गरिएको थियो । ओसामा विन लादेन अमेरिकी सेनाको कार्वाहीमा मारिएपछि जवाहिरी सो संगठनको प्रमुख बनेका थिए । इजिप्टमा बस्ने जबाहिरी आखाँ चिकित्सक थिए । उनी सन् २०११ मा अलकायदाका प्रमुख बनेका थिए ।

चर्चामा

सम्बन्धित समाचार