शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचित्र संसार
  • चीनको ग्रेटवाललाई किन भनिन्छ दुनियाकै ठूलो चिहान ? यस्तो छ रोचक तथ्य

चीनको ग्रेटवाललाई किन भनिन्छ दुनियाकै ठूलो चिहान ? यस्तो छ रोचक तथ्य

  • बिहिबार, मंसिर ४, २०७७
चीनको ग्रेटवाललाई किन भनिन्छ दुनियाकै ठूलो चिहान ? यस्तो छ रोचक तथ्य

चीनको विशाल पर्खाल अर्थात् ग्रेटवालका बारेमा हामी धेरैले सुनेकै छौँ । कतिजना त ग्रेटवालसम्मै पुग्नुभएको होला । यो विशाल पर्खाल हेर्नका लागि बर्सेनि लाखौँ पर्यटक त्यहाँ पुग्दछन् ।

यो विशाल पर्खाल अन्तरीक्षबाट देखिने पृथ्वीको एकमात्र मानव निर्मित संरचना हो पनि भन्ने गरिन्छ । त्यसैले पनि ग्रेटवाल अफ चाइना विश्वका सातौँ आश्चर्यमध्ये एक हो ।

यो पर्खाल विश्वको सबैभन्दा लामो पर्खाल हो । तपाईलाई थाहा नहुन सक्दछ कि दुनियाकै आश्चर्य यो पर्खाललाई विश्वको सबैभन्दा ठूलो चिहान पनि भनिन्छ । जसको कारण अनौठो छ ।

यद्यपि ग्रेटवाल अफ चाइनाको वास्तविक लम्बाइका विषयमा विभिन्न फरक फरक तथ्यहरु रहेका छन् । तथापि सन् २००९ मा भएको एक सर्भेले उक्त पर्खालको लम्बाइ ८ हजार ८५० किलोमिटर रहेको सार्वजनिक गरेको थियो । तथापि सन् २०१२ मा चीनमा गरिएको एक सरकारी सर्भेक्षणले उक्त तथ्यांकलाई गलत सावित गर्यो । त्यसक्रममा ग्रेटवालको कूल लम्बाइ २१ हजार १९६ किलोमिटर रहेको नयाँ तथ्य सार्वजनिक भयो । सर्भेक्षणको रिपोर्ट चिनियाँ सरकारी समाचारपत्र सिन्ह्वामा समेत प्रकाशित भयो ।

ग्रेटवाल निर्माणको कथा हजारौँ वर्ष पुरानो छ । चीनको पहिलो सम्राट शी हुआंगले यस पर्खाल निर्माणको कल्पना गरेका थिए, तर उनी सफल भएनन् । उनको मृत्यु भएको सयौँ वर्षपछि ग्रेटवालको निर्माण सुरु भयो । इशापूर्व पाँचौँ शताब्दीमा ग्रेटवालको निर्माण सुरु भएको बताइन्छ । सयौँ वर्षसम्म ग्रेटवालको निर्माण चलिरह्यो । चिनियाँ सम्राटहरुले १६ औँ शताब्दीसम्म ग्रेटवालको निर्माण जारी राखेका थिए ।

शत्रुको आक्रमणबाट चीनलाई जोगाउनका लागि उक्त पर्खाल ठड्याएका हुन् चिनियाँ सम्राटहरुले । सन् १२११ मा मंगोल शासक चंगेज खाँको सेनाले यो पर्खाललाई एक ठाउँमा भत्काएर त्यहीँबाट चीनभित्र प्रवेश गरेर आक्रमण गरेका थिए ।

चीनमा यो पर्खाललाई वान ली चेंग चेंगको नामले पनि चिनिन्छ । यो पर्खालको चौडाइको यति छ कि त्यसमा एकसाथ पाँचवटा घोडा वा १० वटा पैदल सैनिक हिँड्न सक्दछन् । युनेस्कोले यो पर्खाललाई विश्व सम्पदा सूचिमा सूचिकृत गरेको छ ।

इतिहास अनुसार ग्रेटवाल अफ चाइनाको निर्माणमा करीब २० लाख मजदूर खटिएका थिए । दर्दनाक तथ्य त के भने त्यसमध्ये करीब १० लाख मजदूरको त यो पर्खाल निर्माणकै क्रममा मृत्यु भएको थियो । त्यसरी मृत्यु भएका मजदुरहरुलाई पर्खालमुनि नै हालेर त्यसमाथि पर्खाल लगाइएको बताइन्छ । त्यसैले यो पर्खालभित्र लाखौँ मजदुरका लास रहेका छन् भनिन्छ । सोही कारणले ग्रेटवाल अफ चाइनालाई विश्वको सबैभन्दा ठूलो चिहान पनि भनिन्छ । यद्यपि यसमा कत्तिको सत्यता छ त्यो चाहिँ रहस्यकै गर्भमा छ ।

-एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार