शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • आगामी तीन दिनको मौसम पूर्वानुमान

आगामी तीन दिनको मौसम पूर्वानुमान

  • बिहिबार, मंसिर ४, २०७७
आगामी तीन दिनको मौसम पूर्वानुमान

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाका अनुसार हाल देशभरमा उल्लेखनिय मौसमी प्रणाली विकसित भएको छैन । भने, हाल देशको उच्च पहाडि तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकि भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

यसैगरी, आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।भने, राति देशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै, शुक्रबार दिउँसो र राति देशभरको मौसम सामान्यतया सफा रहनेछ ।

त्यसैगरी, शनिबार दिउँसो र राति पनि देशभरको मौसम सामान्यतया सफा रहनेछ । महाशाखाले देशका धेरै स्थानहरुको वायुको तापक्रममा हल्का गिरावट आउनुको साथै तराई भूभागमा बिहानीपख पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार