बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • विचित्र संसार
  • विवाहको पहिरन बिग्रिएको भन्दै महिलाले कम्पनीमाथि पोखिन् रिस, जवाफ पाएपछि भयो ‘गाला रातै’

विवाहको पहिरन बिग्रिएको भन्दै महिलाले कम्पनीमाथि पोखिन् रिस, जवाफ पाएपछि भयो ‘गाला रातै’

  • शनिबार, कार्तिक २९, २०७७
विवाहको पहिरन बिग्रिएको भन्दै महिलाले कम्पनीमाथि पोखिन् रिस, जवाफ पाएपछि भयो ‘गाला रातै’

विवाहको दिन लगाइने पहिरनमा कसैले पनि गल्ती स्विकार्न सक्दैनँ । यस्तोमा यदि कसैलाई आफूले सोचेजस्तो परिहन नपाउँदा रिस उठ्नु स्वभाविक हो । यस्तै देखियो अमेरिकाको केन्टुकी राज्यको लुइसविले शहरमा जहाँ एक दुलहीले आफ्नो विवाहको पहिरनको विषयमा कम्पनीलाई इमेल पठाइन् ।

डक्स अबरी नामकी महिलाले आफ्नो विवाहको पहिरन अनलाइनमार्फत् अर्डर गरेकी थिइन् । ड्रेस पाएपछि उनले लगाइन् । तर उक्त ड्रेस आफूले तस्बिरमा देखेजस्तो नभएको उनले पाइन् । महिलाले त्यसपछि कम्पनीलाई यसबारे जानकारी दिने विचार गरिन् । उनले उक्त ड्रेस लगाइन् र केही तस्बिर खिचेर कम्पनीलाई इमेल पठाइन् । इमेलमा लेखिन्, ‘म यो ड्रेस पाएर निकै दुःखी छु । यो त्यो ड्रेस होइन जुन मैले अर्डर गरेकी थिएँ । ’ महिलाले आफूले अर्डर गरेको र पाएको ड्रेसको पनि तस्बिर पठाइन् ।

ओबरीले जब कम्पनीको जवाफ पाइन् तब उनको रिस हाँसोमा बदलियो । कम्पनीले आफ्नो जवाफमा लेख्यो, ‘तपाईंले ड्रेसलाई उल्टो गरेर लगाउनुभएको छ, कृपया सही तरिकाले लगाउनुहोस् । ’

कम्पनीले मेसेज पठाएपछि महिलाले कम्पनीले भने जसरी ड्रेस लगाइन् जुन उनले अर्डर गरे अनुसारकै थियो ।

महिला आफैंले फेसबुक पोस्ट लेखेर घटनाबारे जानकारी दिइन् । पोस्टमा महिलाले कम्पनीले ड्रेसलाई उल्टो गरेर प्याक गरेको पनि बताइन् । महिलाले कम्पनीलाई उनको समस्या हल गरिदिएकोमा धन्यवाद दिएकी छिन् ।

चर्चामा

सम्बन्धित समाचार