शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • अब ‘हाम्रो पात्रो’बाट अडिओ/भिडिओ कल गर्न मिल्ने

अब ‘हाम्रो पात्रो’बाट अडिओ/भिडिओ कल गर्न मिल्ने

  • शुक्रबार, कार्तिक २८, २०७७
अब ‘हाम्रो पात्रो’बाट अडिओ/भिडिओ कल गर्न मिल्ने

‘हाम्रो पात्रो मोबाइल एपले नयाँ फिचर सार्वजनिक गर्ने भएको छ। यसले भिडिओ तथा अडिओ कलिङ फिचर सार्वजनिक गर्न लागेको हो।

‘अब यो एपमार्फत भिडिओ/अडिओ कल र मेसेज गर्न मिल्ने भएको छ। हामी अहिले परीक्षणको अन्तिम चरणमा छौं। तिहार अघिसम्म सार्वजनिक गर्ने योजना छ’, हाम्रो पात्रोकी प्रोजेक्ट प्रबन्धक सुदिना गौतमले भनिन्।

यस विषयमा हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीले पनि आफ्नो फेसबुक पोष्टमा छिट्टै नयाँ फिचर आउन लागेको बताएका छन्। उनले लेखेका छन्, ‘हाम्रो पात्रोमा छिट्टै केही नयाँ आउँदैछ।’

कम्पनीको योजनाअनुसार यो फिचर तिहारअघि एनरोइड प्रयोगकर्ताको एपमा उपलब्ध हुनेछ भने आइओएस प्रयोगकर्ताहरुले थप केही समय कुर्नुपर्ने हुन्छ।
गौतम भन्छिन्, ‘अबको एक महिनाभित्र मात्र सबै प्रयोगकर्ताले यो फिचर चलाउन सक्नुहुन्छ। तत्काललाई हामी पनि परीक्षणमै छौं।’ हाम्रो पात्रो एप नेपाली एपमध्ये सबैभन्दा धेरै डाउनलोड भएको एप हो।

चर्चामा

सम्बन्धित समाचार