आइतवार, मंसिर १४, २०७७
  • होमपेज
  • समाज
  • भारतीयलाई नागरिकता दिलाउन नक्कली बुबा खडा गरेकाे भन्दै वडाध्यक्ष पक्राउ

भारतीयलाई नागरिकता दिलाउन नक्कली बुबा खडा गरेकाे भन्दै वडाध्यक्ष पक्राउ

  • शुक्रबार, कार्तिक १४, २०७७
भारतीयलाई नागरिकता दिलाउन नक्कली बुबा खडा गरेकाे भन्दै वडाध्यक्ष पक्राउ

प्रहरीले भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस बनाइदिने कैलालीको धनगढी उपमहानगरपालिका–१२ का वडाअध्यक्ष गणेशप्रसाद जोशीलाई पक्राउ गरेको छ ।

अध्यक्ष जोशीमाथि भारतीय नागरिक अलियास अन्सारीलाई नागरिकता दिलाउन सिफारिस गरेको आरोप लागेको जिल्ला प्रहरी कायालयका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

२० फागुन ०७५ मा धनगढी उपमहानगरपालिका–१२ का हिम्मतपुर शिविरका पुनिराम चौधरीलाई नक्कली बुबा बनाएर सिफारिस बनाइदिएको भेटिएपछि जोशीलाई पक्राउ गरिएको बिष्टले बताए ।

नक्कली बुबा बनेका चौधरी फरार छन् । उनको खोजीकार्य भइरहेको बिष्टले बताए । पक्राउ परेका वडाअध्यक्ष जोहीलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार