मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • आगामी तीन दिनको मौसम पूर्वानुमान

आगामी तीन दिनको मौसम पूर्वानुमान

  • बिहिबार, कार्तिक १३, २०७७
आगामी तीन दिनको मौसम पूर्वानुमान

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली छैन।

महाशाखाले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । महाशाखाले आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

यसैगरी, आज राति देशभर मौसम सामान्यतया सफा रहनेछ । शुक्रबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । शुक्रबार राति देशका पहाडी भू(भागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

शनिबार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहनेछ । शनिबार राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

चर्चामा

सम्बन्धित समाचार