शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • ३२ हजार नगद सहित वडाध्यक्ष लगायत ११ जुवाडे पक्राउ

३२ हजार नगद सहित वडाध्यक्ष लगायत ११ जुवाडे पक्राउ

  • मङ्लबार, कार्तिक ११, २०७७
३२ हजार नगद सहित वडाध्यक्ष लगायत ११ जुवाडे पक्राउ

जुवा खेलिरहेकाे अबस्थामा  वडाध्यक्ष सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । गुल्मीको रेसुङ्गा नगरपालिकामा जुवाको खालबाट प्रहरीले वडाध्यक्ष सहित ११ जनालाई पक्राउ गरेको हाे । रेसुङ्गा नगरपालिका वडा नं. ७ का अध्यक्ष मोहन प्रसाद पाण्डे सहितको टोलीलाई प्रहरीले होटल एभरग्रीनबाट पक्राउ गरेको हो ।

सोमबार राति विशेष सूचनाका आधारमा होटलमा छापा मार्दा ११ जना जुवाडेलाई पक्राउ गर्नुका साथै ३२ हजार नगद समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार